५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

पुस २९,

Advertisement

काठमाडौँ । नजिकिँदै गरेको माघी पर्व सांस्कृतिक महत्वका साथ मनाउने गरिन्छ। माघे संक्रान्तिका दिनलाई ‘पुसको पाक्य, माघको खाक्य’ पनि भन्ने चलन छ। पुसको अन्तिम दिन पकाउने माघको पहिलो दिन बिहान सूर्य नउदाउँदै नुवाइ-धुवाइ गरी परिकार खाने चलन छ। घिउ, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र खिचडी यस दिनका विशेष परिकार हुन्। यो पर्व लामो समयदेखि चलिआएको छ। माघ महिनाको पहिलो दिनलाई माघी अर्थात् माघे संक्रान्ति भनिन्छ। थारु समुदायले माघी मनाउने गर्छन्। माघ मध्यहिउँदको एक महत्वपूर्ण महिना हो।

यही दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ। यही दिनलाई माघे संक्रान्ति, तलुवा संक्रान्ति र मकर संक्रान्ति पनि भन्ने गरिन्छ। माघीको दिनदेखि सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ,उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो बन्दै जाने देखिन्छ। यही दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथ गर्मी बढ्दै जाने मान्यता छ। पोषणविज्ञ डा.अरुणा उप्रेतीका अनुसार माघीमा खाइने खानेकुराले हाम्रो शरीरमा फाइदा पुर्‍याउँछ भन्ने हाम्रा पूर्वजहरुमा वैज्ञानिक ज्ञान थिएन होला। तर, पक्कै पौष्टिक पदार्थ पाइन्छ भन्ने सोचले यी खानेकुरा खान सुरु गरिएको हुनसक्छ। डा.उप्रेती भन्छिन्-माघीमा चामल, मासको दाल, घिउ,गरम मसलाको खिचडी बनाएर खाने चलनले हाम्रो संस्कृतिलाई जीवित त राख्छ नै, यसले हाम्रो शरीरलाई चाहिने प्रोटिन र चिल्लो पदार्थको पूर्ति गरी स्वास्थ्यमा राम्रो प्रभाव पार्दछ।

तिलमा पाइने क्याल्सियम, लौहतत्व र तेलको चिकित्सकीय महत्वबारे आधुनिक चिकित्सा क्षेत्रमा पनि छलफल हुने गरेको छ। कुपोषित बालबालिकालाई तिलको सेवन गर्नपर्ने स्वास्थ्यकर्मीले अभिभावकलाई भन्न अप्ठ्यारो मानिरहेको डा.उप्रेतीले बताइन् । मोलासेस अर्थात् चाकु पौष्टिक खाना हो। यसमा प्रशस्त मात्रामा क्याल्सियम र आइरन पाइन्छ। यसले शरीरमा निकै फाइदा गर्ने
हुँदा सुत्केरी महिलालाई चाकु खुवाउने गरिन्छ। बालबालिकालाई अन्य गुलियो चकलेट, केकको साटो चाकुको सानो सानो टुक्रा, तिलको लड्डु बनाई वा चाकु दूधमा मिश्रण गरि दिनाले बच्चाको स्वास्थ्यमा फाइदा गर्ने डा.उप्रेतीको भनाइ छ। जमिनमुनि पाइने तरुलमा कार्बोहाइड्रेट तत्व हुन्छ। यसको सेवनले शरीरमा शक्ति प्रदान गर्ने हुँदा यसलाई विभिन्न तरिकाले खान सकिन्छ। जस्तै : उसिनेर, तरकारीको रुपमा अफ्रिकातिर यसको पिठो बनाएर खाने गरिन्छ।

चिसो समयमा यस्ता खानेकुराले रोगसँग लड्नसक्ने शक्ति बढाई शरीरलाई ऊर्जा प्रदान गर्ने डा.उप्रेती बताउँछिन ।सखरखण्डमा भिटामिन ए, पानी र रेसादार तत्व पाइन्छ । यो गुलियो भएपनि यसको गुलियो पनाले शररमा कुनै हानी नगर्ने र ब्रत बस्दा यसको सेवन गर्नाले शरिरलाई चाहिने प्रोटिन पानीको कमी पुरा गर्ने डा.उप्रेतीको भनाइ छ । यस्ता चाडपर्वमा खाइने परिकारले स्वास्थ्यमा पर्ने सकारात्मक असरबारे उल्लेख गर्ने र खान उत्प्रेरण दिने हो भने बाहिरबाट ल्याइने वस्तु विस्थापित गर्न सकिन्छ। डा.उप्रेतीका अनुसार सूक्ष्म पोषण तत्वले भरिपूर्ण स्वस्थकर खाना हाम्रो वरिपरि प्रशस्तै पाइन्छ। हामीले प्रयोग गर्ने खानेकुरा चाडपर्वमा मात्र नभई मौसमअनुसार प्रत्येक दिन आफ्नै घरआँगनमा पाइने खानेकुरा खाने बानी बसालेमा स्वस्थ रहन सकिने डा.उप्रेतीको सुझाव छ।- नेपालन्यूज

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ