८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

पुस २९,

काठमाण्डौ । भद्रपुर भन्सार कार्यालय छोटी भन्सारबाट मूल भन्सारमा स्तरोन्नति भएको १६ महिना बित्यो । भारतको बिहार राज्य र पश्चिम बंगाल जोड्ने मेची नदीमा पुल बनेसँगै भन्सारको राजस्व असुली पनि बढेको छ । तर, छोटी भन्सार कार्यालय हुँदा जति भौतिक संरचना थिए, त्यो पनि घटेको अवस्था छ । मूल भन्सारमा स्तरोन्नति भए पनि हालसम्म तरकारी तथा फलफूलको विषादी जाँच गर्ने क्वारेन्टाइन पनि छैन । भारतमा उत्पादन भएको तरकारी विषादी परीक्षणविनै नेपाल भित्रिने गरेका छन् । भद्रपुर भन्सार कार्यालयले भने त्यहाँबाट तरकारी आयातमा रोक लगाएको दाबी गरेको छ ।

ठूलो परिणाममा आयात गर्नैपर्ने भए बिर्तामोड वा काँकडभिट्टामा परीक्षण गर्ने गरिएको भन्सार प्रमुख फणीन्द्र खतिवडाको दाबी छ । तर, ठूला गाडीमा भारतीय तरकारी नभित्रिए पनि साइकल र ठेलामा दैनिक तरकारी भित्रिन्छन् । भारतको पश्चिम बंगाल र बिहार राज्यका विभिन्न ठाउँबाट काउली, आलु, टमाटर, प्याज, भिन्डीलगायत मौसिमी तरकारी नेपाल भित्रिने गर्छन् । ‘किसानले भद्रपुरसम्म सामान्य व्यापारका लागि ल्याउने गरेका छन् । त्यस्तो ठूलो परिमाणमा होइन’, प्रमुख खतिवडाले भने, ‘उनीहरूलाई यात्रुकक्षबाट सामान्य जाँच गरेर पठाइन्छ ।’ उक्त नाका भएर फलफूल भने आयात नहुने खतिवडाको दाबी छ । –नयाँ पत्रीका

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर