७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

पुस २९,

Advertisement

काठमाण्डौ । बेलायतकी महारानी एलिजावेथले आफ्ना नाति राजकुमार ह्यारीको फैसलालाई लिएर सहमति जनाएकी छिन् । राजकुमार ह्यारीले पत्नी मेगनसँगै शाही परिवारको भूमिकाबाट अलग्गिएर स्वतन्त्ररुपमा क्यानडा र बेलायतमा समय बिताउन चाहेको बताएका थिए । बेलायती महारानीले भनिन्, ‘राजकुमार ह्यारी र उनकी पत्नी मेगनको इच्छालाई पूर्णरुपमा समर्थन गर्छु तर उनीहरु शाही परिवारको पूर्णकालिक सदस्य बनिरहँदा राम्रो हुन्छ ।’

साथै महारानी एलिजावेथले आगामी दिनमा राजकुमार ह्यारीले र मेगनले यसबारेमा अन्तिम फैसला लिनेमा आफू विश्वस्त भएको बताइन् । गएको बुधबार अप्रत्याशित बयानमार्फत राजकुमार ह्यारीले आफ्नो इन्स्टाग्राम पेजमा आफू र मेगन शाही परिवारबाट अलग्गिएर स्वतन्त्ररुपमा रहन चाहेको इच्छा व्यक्त गरेका थिए । बयानमा ह्यारीले भनेका थिए, ‘हामी दुई शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट हट्न चाहन्छौँ र आर्थिकरुपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौँ तर महारानीलाई पनि हाम्रो समर्थन रहिरहनेछ ।’ उनको यस्तो बयानपछि शाही परिवारका वरिष्ठ सदस्य राजकुमार ह्यारी र मेगनसँग लगातार कुराकानी गरिरहेका छन् ।

महारानीको तर्फबाट जारी बयानमा भनिएको छ, ‘कुराकानीको प्रक्रियामा प्रिन्स अफ् वेल्स (प्रिन्स चालर्स’ र ड्युक अफ् क्याम्ब्रिज अर्थात् प्रिन्स विलियम पनि सामेल छन् र यो कुराकानी निकै सकारात्मक रहेको छ ।’ महारानी एलिजावेथले भनिन्, ‘म र मेरो परिवार पूर्णरुपमा ह्यारी र मेगनको इच्छालाई समर्थन गर्छाैँ, जो एक युवाजोडीको रुपमा नयाँ जिन्दगी हासिल गर्न चाहन्छन् ।’ –एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल