८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

पुस २८,

Advertisement

ग्लोबल आवाज

बुटवल । मासु व्यवसायी संघ नेपाल रुपन्देहीले ८ बुँदे कार्ययोजना बनाउदै कार्यशाला गोष्ठी एवं प्रथम बोर्ड बैठक सम्पन्न गरेको छ । गत पुस २१ गते सम्पन्न १० औं साधारण सभा तथा पाँचौं अधिबेशन बाट निर्वाचित कार्यसमितिको कार्यशाला गोष्ठी एवं प्रथम बोर्ड बैठक ८ बुँदे कार्ययोजना निर्माण गर्दै सम्पन्न भएको हो ।

अर्घाखाँचीको नगरपानिमा २ दिन सम्म चलेको कार्ययोजना कार्यशाला गोष्ठीको संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । प्रथम बैठकबाट बनेका कार्ययोजनाहरु आफ्नो कार्यकाल सम्म पुरा गर्ने गरी ८ वटा निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए । कार्ययोजना अन्तर्गत संघको आफ्नै भवन अहिले सम्म नभएको र त्यसका लागि जग्गाको खोजी गर्ने, रामनगरमा निर्माणधिन पशुबधशाला सञ्चालनका लागि अग्रसर भएर लाग्ने बैठकले निर्णय गरेको अध्यक्ष पौडेलले बताए । त्यस्तै पशुहरुको सहज विक्रि वितरणका लागि पशु हाटबजार सञ्चालनको पहल पनि आफ्नो कार्यकालमा गर्ने गरी कार्ययोजना बनाएको उनको भनाई छ ।

संघले विगतमा जस्तै आउने बर्ष बुटवलमा सस्तो दशैं बजार सञ्चालन गर्ने, मासु व्यवसायीहरुलाई थप एकता र सक्रिय बनाउने गरी देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका र कंञ्चन गाउँपालिकामा मासु व्यवसायी संघको शाखा विस्तार गर्ने कार्यशालाले निर्णय गरेको छ । व्यवसायीको क्षमता अभिबृद्धि, मासु बजारको व्यवस्थापनमा विभिन्न उपसमिति निर्माण, सहकारी गठन गर्ने कार्यशालाले निर्णय गरेको अध्यक्ष पौडेलको भनाई छ ।

कार्यशाला गोष्ठीमा संघका संस्थापक उपाध्यक्ष कुलध्वज लामा, संस्थापक सचिव दिपक आचार्य, हेफर इन्टरनेश्नल नेपालका वजार विकास प्रवन्धक अनन्त सिलवाल लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर