Sep 24, 2023
पुस २७,
ग्लोबल आवाज
कपिलबस्तु । जिल्लाको कपिलबस्तु नगरपालिका- ८, दोहनीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । तौलिहवाबाट भैरहवा जाँदै गरेको लु १ ख ६८१३ नम्बरको बस दुर्घटना परि एक भारतीय नागरिकले ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा भारतको खुनुवाका ३५ वर्षिय परमात्मा पाण्डेय रहेका छन् । घाईते १४ जनाको तौलिहवा अस्पातलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिकृया दिनुहोस्