८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

पुस २७,

Advertisement

काठमाडौं । दक्षिण–पूर्वी अस्ट्रेलियाको आकाशको रङ्ग पूर्णरुपमा रातो देखिएको छ  । आगलागीका कारण अस्ट्रेलियामा नयाँ वर्षको सुरुवात चिन्ताबाट सुरु भएको छ । यद्यपि यहाँको झाडीनुमा जङ्गलमा गएको वर्षको सेप्टेम्बरमा आगो लागेको थियो तर अहिलेसम्म पनि आगोले रोकिने सङ्केत देखाएको छैन । 

आगलागीबाट अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका छन् । जति ठूलो डेनमार्कको भाग छ, त्योभन्दा ठूलो अस्ट्रेलियाको भाग आगोको चपेटामा परेको छ । कम्तीमा दुई हजार घर जलेर नष्ट भएका छन्, झण्डै ५० करोड जनावर र पशुपंक्षी जलिसके । अवस्था अझै नाजुक हुनसक्ने आशङ्का व्यक्त गरिएको छ ।तापक्रमले सबै रेकर्ड तोडेको छ, सुख्खा जङ्गल र तीव्र गतिको हावाको कारण आगो झन् भयावह भएको छ । यो महिना सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो । 

सन् २०१७ देखि न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा लगातार वर्षा कम हुँदै गइरहेको छ । वर्षा नहुँदा कृषि उत्पादन मात्रै घटेको छैन, आगो फैलन पनि मद्दत पुगेको छ । 

यो पनि पढ्नुस्-

न्यु साउथ वेल्समा झण्डै एक करोड एकडको इलाका जलेर नष्ट भएको छ । गर्मीको मौसममा अस्ट्रेलिया समान्यरुपमा तातो र सुख्खा रहन्छ तर जलवायु परिवर्तनका कारण सुख्खा र गर्मीको दायरा बढेको छ । 

अस्ट्रेलियाको धेरैजसो राज्य आगोबाट प्रभावित भएको छ तर न्यु साउथ वेल्स सबैभन्दा धेरै आगोको चपेटामा परेको छ । अस्ट्रेलियाको ठूलो शहर मेलबर्न र सिड्नी पनि आगोबाट प्रभावित भएको छ । डिसेम्बरको सुरुवातमा सिड्नीको हावाको गुणस्तर खतरनाक स्तरमा पुगेको थियो । अस्ट्रेलियामा गर्मीको मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ । टाइम म्यागेजिनका अनुसार न्यु साउथ वेल्सको झण्डै ३० प्रतिशत जङ्गल जलिसकेको छ । यो हप्ता ५० प्रतिशतसम्म पुग्न सक्ने आशङ्का व्यक्त गरिएको छ । अस्ट्रेलियाको मौसम विभागका अनुसार सन् २०१९ सबैभन्दा गर्मी वर्ष थियो । 

अस्ट्रेलियाकाे तापक्रम बढिरहेकाे छ

आँकडामा अस्ट्रेलियाको तापक्रम सन् १९१० पछि एक डिग्री सेल्सियस बढेको छ । ब्यूरो अफ् मेटिअरोलजीका अनुसार सन् १९५० पछि तापमान धेरै बढ्न सुरु भएको छ । अस्ट्रेलियाले डिसेम्बरमा दुई पटक तापक्रमको रेकर्ड तोडेको थियो । गएको डिसेम्बर १७ मा औसत अधिकतम तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यसको भोलिपल्ट तापक्रम ४१ दशमलव ९ डिग्री सेल्सियस थियो । यो दुवै दिन सन् २०१३ को ४० दशमलव ३ डिग्री सेल्सियसको तापक्रमको रेकर्ड तोडिएको थियो । 

डिसेम्बरको अन्त्यमा प्रत्येक राज्यमा तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको थियो । यसमा तस्मानिया राज्य पनि सामेल छ, जुन सामान्यरुपमा अन्य इलाकाको तुलनामा चिसो हुने गर्दछ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगो (बुशफायर) बाट छुटकारा पाउने तरिकालाई लिएर खेद प्रकट गरेका छन् । आगो र जलवायु परिवर्तनको विषयमा प्रधानमन्त्री मोरिसनको सरकारले आलोचना सहँदै आइरहेको छ । 

आइतबार प्रधानमन्त्री मोरिसनले भने, ‘जमिनस्तरमा केही चीज राम्रो तरिकाबाट सम्हाल्न सकिन्थ्यो ।’ पछिल्लो केही हप्ता न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा आगो प्रभावित इलाकाको भ्रमणका क्रममा प्रधानमन्त्री मोरिसनले विरोधको सामना गरिरहेका छन् । यसैका कारण उनले आफ्नो भ्रमण रद्द गरेका छन् । यी दुई राज्य आगलागीबाट बढी प्रभावित भएका छन् । प्रधानमन्त्री मोरिसन न्यु साउथ वेल्स्को कोबार्गाे शहर पुग्दा एक महिलाले फायर सर्भिसको लागि अरु संशाधन माग्न थालिन् । केही व्यक्तिले प्रधानमन्त्रीलाई ‘मूर्ख’ भन्दै ‘तिमीले यहाँबाट भोट पाउने छैनौँ’ भने ।   

एबीसीसँगको एक टेलिभिजन अन्तर्वार्तामा मोरिसनले भने, ‘यो संवेनदशील परिस्थिति हो, यो भावनात्मक परिस्थितिसँग जोडिएको छ । प्रधानमन्त्रीलाई पनि मानिसहरुसँग भेट्दा भावना र कमजोरीको आभास हुन्छ ।’ केही मेहिनाअघि उनी छुट्टी मनाउनका लागि विदेश पुग्दा पनि निकै आलोचना र विरोधको सामना गर्नु परेको थियो । -एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर