ताजा अपडेट »

जिपी कोईराला फाउण्डेशनले पायो पूर्णता

आइतबार, २७ पुस २०७६, १४ : ४३
16 Shares

पुस २७,

ग्लोबल आवाज

बुटवल । जिपी कोईराला फाउण्डेशन रुपन्देहीका संयोजक चिरञ्जीवी पौडेलले संस्थाको विधान अनुसार कार्यसमितिलाई पुर्णता दिएका छन् । जसअनुसार कार्यसमितीको सह संयोजकमा यदुनाथ पाण्डेय सचिवमा शुशिल गुरुङ र कोषाध्यक्षमा धनश्याम तिवारी मनोनित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा कुशसराज ज्ञवाली, जयचन्द्र यादव, एकु सुनार, सिता पोख्रेल, राम किशन चौधरी, पोषराज चापागाई, जिवन कुरमार सेवानी, छाया पोखरेल र विष्णु थापा क्षेत्री रहेका छन् । त्यसैगरि संस्थाको आमन्त्रीत सदस्यहरुमा माधवी शर्मा, शेषमन यादव, बोनिन पिया, दिल कुमारी कंडेल, जेवी गुरुग, रवि विक,सन्तराम चौधरी, मिलन थापा, समा श्रेष्ठ, नारयण क्षेत्री, हरि न्यौपाने,जमिल खांन रहेका छन् । साथै अध्यक्ष पौडेलले दुई सदस्यीय सल्लाहकार समिति पनि मनोनित गरेका छन् । सल्लाहकारमा नेपाली कांग्रेस रुपन्देहीका पार्टि सभापति अब्दुल रज्जाक र पुर्वपार्टी सभापति रामचन्द्र ढकाल रहेका छन् ।

केहिदिन पछि मनोनित कार्यसमितिको पद तथा गोपनियताको सपथ सहित पहिलो वैठकक आयोजना गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।