६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

पुस २७,

ग्लोबल आवाज

बुटवल । अड्गुरी समाज रुपन्देहीको शनिबार सातौं साधारणसभा तथा चौथो अधिवेशन बुटवलमा सम्पन्न भएको छ । समाजमा अर्घाखाँचीको साविक अड्गुरी गाविसबाट रुपन्देहीमा स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आएकाहरु आवद्ध छन् । समाजका अध्यक्ष झविन्द्र अधिकारी (कृष्ण) को अध्यक्षता तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गुनाखर अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । महासचिव शिव बस्नेतको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष लुकराज न्यौपानेको स्वागत रहेको थियो ।

कार्यक्रममा पाणिनी गाउँपालिका स्तरीय सम्पर्क समाजका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । समाजले विभिन्न रोगबाट पीडितहरुको राहतका लागि आर्थिक सहयोग लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको समाजका अध्यक्ष झविन्द्र अधिकारी (कृष्ण) ले बताए । कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने समाजमा आवद्ध सदस्यहरुका छोराछोरीलाई पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि वडाध्यक्ष अधिकारीले पाणिनी गाउँपालिकाको समृद्धि र त्यहाँ उत्पादन हुने कृषि उपजको बजारीकरणमा समाजले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

अधिवेशनले लुकराज न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष शिव बस्नेत, महासचिव रामप्रसाद पन्थी, कोषाध्यक्ष नारायण प्रसाद घिमिरे, सहकोषाध्यक्ष जीवन अधिकारी, सचिव माधव आचार्य रहेका छन् । यस्तै सदस्यहरुमा विष्णुप्रसाद न्यौपाने, विरेन्द्र श्रेष्ठ, दिनेश पोखरेल, रञ्जता थापा, शिवजी अधिकारी (दुर्गा), विमला पोखरेल, उमा न्यौपाने, झविलाल पोखरेल, शंकर घिमिरे, टुकप्रसाद पोखरेल रहेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य