ताजा अपडेट »

स्कलर्समा स्पोर्ट्स मीट हुने

शनिबार, २६ पुस २०७६, २० : ३०
12 Shares

पुस २६,

ग्लोबल आवाज

बुटवल । स्कलर्स होम माध्यमिक विद्यालयले आइतवार देखि स्पोर्ट मीट गर्ने भएको छ । वार्षिक कार्यतालिका अनुसार खेलकुदका कार्यक्रम हुन लागेको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जानकारी दिए । विद्यार्थीमा रहेको अन्तरनिहित क्षमताको विकास गर्ने र खेलको महत्व बुझाउन स्पोर्ट मीट गर्न लागिएको उनले बताए ।

विभिन्न चरणहरुमा हुने प्रतिसपर्धाका लागि विद्यार्थीहरुको लगत संकलनको काम सकिएको खेल संयोजक कृष्ण पाण्डेले बताए । पुस २९ गते सम्म सञ्चालन हुने स्पोर्ट मीटमा सिनियर तर्फ फूटवल, कृकेट, भलिवल लगाएतका खेलहरु हुने छन् । जुनियर तर्फ टेवलटेनिस, व्याटमिन्टन, म्युजिकल चियर, स्पोन रेस, विभिन्न प्रतिसस्पर्धामा दौड प्रतियोगिताहरु हुने व्यवस्थापन संयोजक रामु रोकाले बताए ।

विद्यालयले विगत देखि नै संचालन गर्दै आएको स्पोर्ट मीटको आइतवार एक कार्यक्रमकाबीच शुभारम्भ गर्ने तयारी भएको उनले बताए । स्पोर्ट मीटका लागि प्रतिक्रात्मकरुपमा विद्यालयमा रंगोली समेत तयार गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।