ताजा अपडेट »

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी केशव घिमिरेको इजलासमा

बुधबार, २२ चैत्र २०७९, ११ : ३४
45 Shares
बुधबार, २२ चैत्र २०७९
45 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर बलात्कार मुद्दाको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।  काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको एक इजलासमा सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुने भएको हो । यसअघि १३ चैतमा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए ।   यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।