ताजा अपडेट »

उप निर्वाचन : अन्तिम नामावली प्रकाशन आज, रबि लामिछाने विरुद्धको उजुरी केन्द्रमा पठाइने

बुधबार, २२ चैत्र २०७९, ०९ : ०४
62 Shares
बुधबार, २२ चैत्र २०७९
62 Shares

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथी परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले उम्मेदवारका बिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी यउम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । 

तनहुँ-१, चितवन-२ र बारा-२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रबि लामिछाने बिरुद्ध ४ वटा उजुरी परेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरे पछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो । उनी माथी परेको उजुरी माथि चितवन निर्वाचन कार्यलयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदैछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।