ताजा अपडेट »

रुपन्देहीकी मुनासहित ३ नेपालीको भारतमा हिमपहिरोमा परी मृत्यु

बुधबार, २२ चैत्र २०७९, ०८ : ५६
46 Shares
बुधबार, २२ चैत्र २०७९
46 Shares

काठमाण्डौं । भारतको गान्तोकस्थित नाथुला पहाड नजिकै हिमपहिरो जाँदा रुपन्देहीकी मुना शाही श्रेष्ठसहित ३ नेपालीको मृत्यु भएको छ । पहिरोमा नेपालीसहित ७ जना पर्यटकको मृत्यु भएको हो । भारतीय सेनाका अनुसार घटनामा १३ जना घाइते भएका छन् ।

सेनाका अनुसार ज्यान गुमाउने नेपालीहरुमा चितवनका शिव प्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाही श्रेष्ठ रहेका छन् । यस्तै घाइते अन्य तीन जना नेपालीमा गीता सापकोटा, ज्योति गुरुङ र रमेश खनाल रहेका छन् । मंगलबार भएको उक्त घटनामा पर्यटक सवार ५–६ वटा गाडी फसेका थिए भने त्यसमा पर्यटक २० जना रहेको भारतीय सेनाले जनाएको छ । यस्तै हिमपहिरोमा फसेका अन्य ३७० जनाको उद्दार गरिएको छ ।

सिक्किम राज्यको नाथुला पहाड चीनसँगको सीमानामा पर्छ, जुन भारतको चर्चित पर्यटकीय गन्तव्यमा पर्छ। यद्यपि जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र हिमपहिरोको जोखिममा रहँदै आएको छ । गत वर्ष पनि भारतको उत्तराखण्ड क्षेत्रमा हिमपहिरोमा परी २७ पर्वतारोहीको मृत्यु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।