६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

पाल्पा । नेकपा एमाले रैनादेवी छहरा गाउँ कमिटीको आयोजनामा बल्ढेङ्गढीको लौधापानीमा मिसन ग्रासरुट अभियानको समीक्षा एवम् प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । पार्टीका केन्द्रीय कमिटी सदस्य साबित्रा अर्यालले रैनादेवी छहरामा मिसन ग्रासरुट अभियान सोचे अनुरुप अघि बढेको र बाँकी समय थप गतिशील भएर पार्टीका नेता, कार्यकर्ताहरुले अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने अग्रसर हुन अनुरोध गरेकी छन् ।

Advertisement

पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य डा. कृष्ण न्यौपानले एमालेको मिसन ग्रासरुटले पार्टीका बिरोधीहरुको ढ्याङ्ग्रो ठोकेको बताए । सोही कार्यक्रममा प्रदेश कमिटीका सदस्य डा. रामबहादुर राउतले मिसन ग्रासरुटसँग विकास निर्माणलाई जोड्दै आफूहरु अघि बढेको जानकारी गराए । उक्त कार्यक्रममा प्रदेश कमिटीका सदस्य पर्शुराम भट्टराईले जनताको विकासका लागि एमालेको पहिलो प्राथमिकता रहेको सुनाए । अभियानका अभियन्ता दलबहादुर गुरुङले नेकपा एमालेका कार्यकर्ताहरुलाई गरीखाने बाटो सिकाउँदै आफ्नो खुट्टामा आफै उभिने खालको स्वावलम्बी कार्यकर्ता निर्माण गर्न मिसन ग्रासरुट सहयोगी बन्न सक्ने बताए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य झपेन्द्र रायमाझी,जिल्ला सल्लाहकार कुलबहादुर खड्का,गाउँ कमिटी अध्यक्ष रामप्रसाद ज्ञवाली,वडा कमिटीका अध्यक्ष रमेश कार्की,सचिव रामबहादुर खड्का लगायतले रैनादेवी छहराको पार्टी गतिविधि,विकास निर्माण र मिसन ग्रासरुटका बारेमा प्रश्नोत्तर र अन्तर्कियात्मक छलफल गरेका थिए ।

विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेहरुलाई टीका र खादा लगाएर प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्यालले स्वागत गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस्

Flash News

महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई