११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

पुस २६,

Advertisement

काठमाडौं । नेपालका ७४ वटा कारागारमा कूल कैदीबन्दीको संख्या २५ हजार ६७६ छ । जसमध्ये एक हजार दुई सय ८३ जना विदेशी नागरिक छन् । विदेशी नागरिक भने ३१ वटा कारागारमा राखिएका छन् । विदेशी कैदीबन्दीको संख्या अनुसार सबैभन्दा धेरै लागूऔषध कारोबारमा संलग्न देखिन्छन् । प्रहरी मुख्यालयका अनुसार कूल विदेशी कैदीबन्दीमध्ये एक हजार ४७ जना भारतीय नागरिक छन् ।

अधिकांश लागूऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न हुन् । भारतीयसँगै नेपाली कारागारमा भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मन, पाकिस्तान, इटाली, अफ्रिका, नेदरल्याण्ड, नाइजेरिया, साइबेरियाका कैदी बन्दी छन् । यस्तै भियतनाम, जापान, अष्ट्रिया, फिलिपिन्स, मोजाम्बिक, अमेरिका, थाइल्याण्ड, पोल्याण्ड, ब्राजिल, क्यानडा, स्वीट्जरल्याण्ड, आइभोरीकोष्ट, तान्जेनिया, फ्रान्स, सेरालियोन, गिनिया, लाइबेरिया, गाम्बिया र इरानका रहेका छन् । प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीका अनुसार हाल कारागारमा रहेका भारतीय नागरिक सुन तस्करी, अपहरण, लागूऔषध कारोबार, चोरी, डकैती, जबर्जस्तीकरणी लगायतका अभियोगमा छन्। भियतनाम, फिलिपिन्स, नाइजेरिया, जापान, थाइल्याण्ड, पोल्याण्डका कैदीबन्दी भने लागूऔषध ओसारपसारमा अभियोगमा जेल परेका कैदीबन्दी हुन्। क्षेत्रीका अनुसार जर्मन, क्यानडा, नेदरल्याण्ड, फ्रान्स र बेलायती नागरिक भने बालयौन दुराचारको अभियोगमा जेलमा छन् । मुख्यालयका अनुसार भुटानी नागरिक भने अवैध रूपमा नेपाल प्रवेश गरेको, सुनचाँदी तस्करी, डकैतीलगायत अभियोगमा जेलमा छन् । यसैगरी आइभेरीकोष्ट र ब्राजिलका नागरिक भने लागूऔषध कोकिन तस्करीको अभियोगमा जेलमा छन्।

क्षेत्रीका अनुसार २०७५/७६ को अपराध आँकडा हेर्दा नेपालमा हुने गरेका अधिकांश अपराधमा विदेशी नागरिक संलग्न रहेको देखिन्छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, संगठित तथा आर्थिक अपराध (जुवा, खोटाचलन, लागूऔषध, सरकारी छाप दस्तखत किर्ते, अपहरण, कालोबजारी, ठगी) र सामाजिक अपराध (नागरिकता, कुटपिट अंगभंग, धर्म परिवर्तन, सार्वजनिक शान्तिविरुद्ध, केही सार्वजनिक अपराध) मा विदेशी नागरिकको संलग्नता देखिन्छ। महिला तथा बालबालिका सम्बन्धी अपराध (मानव बेचबिखन, बहुविवाह, जबर्जस्तीकरणी, अप्राकृतिक मैथुन), सवारी ज्यान, बिष्फोटक पदार्थ, बैंकिङ कसुर र बालयौन दुर्व्यवहारमा विदेशी नागरिकको संलग्नता देखिन्छ।

कुख्यात अपराधी शोभराज

अन्तर्राष्ट्रिय अपराधीका रूपमा कुख्यात फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराज अहिले केन्द्रीय कारागारमा छन्। कर्तव्य ज्यान सम्बन्धी मुद्दामा शोभराजले १५ वर्ष कैद भुक्तान गरिसकेका छन्।उनले २०३२ सालमा नेपाल आएका बेला अमेरिकी नागरिक कोन्नी जो र क्यानेडियन नागरिक लरेण्ट आरमन्टको हत्या गरेको अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय भएको थियो। सर्वोच्चको अन्तिम फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्न उनले २०८० साल असोज १ गतेसम्म कारागारमै बस्नुपर्ने हुन्छ। – अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा