७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

इलाम । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत कोशी प्रदेशस्थित प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईसँगको सहकार्यमार्फत् कार्यान्वयन भइरहेको परियोजनाको अनुगमन गरेका छन् ।

Advertisement

मंगलबार इलामको सुर्योदय नगरपालिकामा प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई र नगरपालिकाबीच नवप्रवर्तन साझेदारी कोषबाट कार्यान्वयन भइरहेको परियोजनाको मन्त्री मोदीले अनुगमन गरेका हुन् ।

मन्त्री मोदीले सुर्योदय नगरपालिकास्थित् निर्माणाधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाकअन्तर्गत् वडा नम्बर ६ स्थित कन्याम डुँडेगैरा, कन्याम भञ्ज्याङको पर्यटकीयस्थल, वडा नम्बर ०८ स्थित मानेडाँडामा निर्माणधीन सिसाको पुलको अनुगमन गरेका हुन् । अनुगमनकै क्रममा मन्त्री मोदीले वडा नम्बर ८ स्थित सामुदायिक होमस्टे निर्माणको सम्भाव्यता अध्ययनको सन्दर्भमा स्थानीयसँग अन्तक्र्रिया समेत गरे । 

१० करोड ८१ लाखको कुल लागत साझेदारीमा निर्माणधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाक निर्माणसँगै स्थानीयको आर्थिक जीवनस्तर उकास्ने र लोपोन्मुख लेप्चा जनजातिको ऐतिहासिक र साँस्कृतिक पक्षहरुको संरक्षणको लक्ष्य परियोजनाले राखेको छ ।

नगरपालिकाको १४ मध्ये ६ वटा वडामा यो परियोजना अन्तर्गत् काम भइरहेको छ । अनुगमनको क्रममा मन्त्री मोदीले निर्माणधीन परियोजनाका कामहरु समयमै सम्पन्न गर्न निर्देशन दिए । कामको गुणस्तरीयताको नियमित रुपमा रुपमा अनुगमन गर्न पनि मातहतका कार्यालय प्रमुखलाई मन्त्री मोदीले निर्देशन दिए । 

यस परियोजनाअन्तर्गत कोशी प्रदेशमा १० वटा परियोजना सञ्चालन भइरहेको छ । यस परियोजना अन्तर्गत् देशभर ५७ वटा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटाले जानकारी गराए । 

अनुगमनमा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटा, प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई, मुख्यमन्त्री कार्यालय, कोशी प्रदेशका टोली प्रमुख प्रणय शर्मा, प्रदेश सुशासन केन्द्र, झापाका टोली प्रमुख अनिता गुराँगाई, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, १० नम्बर वडाका वडाध्यक्ष पेमा उगेन लामा, आइपिएफ फोकल पर्सन सिर्जन गदाल लगायत उपस्थित थिए ।
 

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल