Sep 24, 2023
सिन्धुली। सिन्धुलीकाे कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४६ ग्रामसहित काठमाडौं तारकेश्वर बस्ने २२ वर्षीय राजा खडकालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ९१३४ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्