११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

Advertisement

बारा । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेका चर्चित अनुहारसहित ३६ जनाले बारा-२ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर १२ जनाले राजनीतिक दल र २४ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका हुन् । जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ ।

१३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा बिगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय ९८ पुगेको छ । यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । 

ठूला दलबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये केही चर्चित तर चार महिना अघि सम्पन्न निर्वाचनमा पराजित अनुहार समेत छन् । सप्तरी २ बाट जनमत पार्टीका डा. सिके राउतसँग पराजय व्यहोरेका जसपा अध्यक्ष उपेन्द्र यादव अर्को अवसर खोज्दै बारा-२ मा आएका छन् । बारा-२ बाट निर्वाचित रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादवले उक्त क्षेत्र रिक्त पारेका थिए ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा पराजित उमेदवारहरु पुन: उपनिर्वाचनमा हाेमिएको देखिन्छ । जसपा अध्यक्ष यादवले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हो । उनी यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । उनले गत निर्वाचनमा १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका थिए । गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा-२ मा जसपाका रामसहाय प्रसाद  यादवले चुनाव जितेका थिए । यादवले कांग्रेस माओवादीलगायत ५ दलीय गठबन्धनबाट उम्मेदवार बन्नेका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई २५४ मतान्तरले पराजित गरेका थिए । 

यस्तै जनमत पार्टीबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा पनि पराजित अनुहार हुन् । नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्र्याउँदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन् । कुशवाहाले गत निर्वाचनमा बारा-२ मा १३ हजार ४ सय ६८ मत पाएका थिए । 

यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं-१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन । गत निर्वाचनमा उनले ३ हजार १ सय २४ मत प्राप्त गरेका थिए भने बारा- ३ बाट गत निर्वाचनमा ६ सय ७२ मत प्राप्त गरेका चन्द्रप्रकाश सुवेदीले पुन: बारा-२ बाट उमेदवारी दर्ता गराएका छन् ।

गत निर्वाचनमा बारा-२ बाट स्वतन्त्र निर्वाचन लडेका अरुण ज्ञवाली यसपटक भने प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार भएका छन् । उनले गत निर्वाचनमा ७ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तेली, हाम्रो नेपाली पार्टीका सुवेदी पनि अघिल्लो निर्वाचनमा पराजित अनुहार हुन् । 

यता ठूला राजनीतिक दलबाट उम्मेदवारी दिएकामध्ये नेकपा एमालेका पुरुषोत्तम पौडेल नयाँ अनुहारका देखिएका छन् । २०७० सालमा बारा- ६ बाट संविधानसभा सदस्यमा निर्वाचित पौडेल त्यसयता उम्मेदवार बनेका छैनन् । मंसिर ४ को निर्वाचनमा उनी बारा-१ बाट प्रतिनिधिसभा सदस्यको आकांक्षी थिए । उनी आकांक्षी रहेको क्षेत्रमा अर्का पोलिटव्युरो सदस्य अच्युत मैनालीले टिकट पाएका थिए । पौडेल झण्डै ९ वर्षपछि प्रत्यक्ष निर्वाचन लड्दैछन् ।

पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् । जनताबाट अस्वीकृत भएका व्यक्तिहरुले बारा-२ लाई भाग्य अजमाउने ठाउँको रुपमा लिएको भन्दै पौडेलले मधेसका जनता सचेत भइसकेको बताए । 

यता राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या दोब्बर देखिएको छ । १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दिँदा २४ जना स्वतन्त्र उम्मेदवार बनेका छन् । स्वतन्त्र रहेका अधिकांश उम्मेदवार डमी हुन् । निर्वाचन कार्यालयबाट प्राप्त गर्ने सवारीसहितको अन्य सुविधा लिनका लागि राजनीतिक दलले स्वतन्त्र उम्मेदवार उठाउने गरेका छन् । यसअघि मंसिर ४ मा सम्पन्न निर्वाचनमा बारा-२ मा ११ जना स्वतन्त्र उम्मेदवार रहेका थिए । बारा- २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ