११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

पुस २६,

Advertisement

ग्लोबल आवाज/सुमन केसी

दाङ । दाङ तुलसीपुर उप–महानगरपालिका वडा–३ गोटीखोला निवासी ऋषि परियारले एक माईल हातले हिडेर गिनिज बुकमा नाम लेखाउने योजना अघि बढाएको बताएका छन् । त्यसका लागि यही माघ ३ गते घोराही उप–महानगरपालिका वडा नं. ९ बुकाली डाँडामा गिनिज बुकको लागि प्रदर्शन गर्ने जानकारी दिए । जहाँ सातवटा क्यामेराले भिडियो खिचेर गिनिज बुकको कार्यालयमा पठाउने तयारी गरेको समेत बताए ।

शुक्रबार तुलसीपुर स्थित रिपोर्टस् क्लब दाङमा पत्रकार सम्मेलन गर्दै उनले ५० मिनेटमा त्यो समय पार गर्नुपर्छ । आफुले त्यो समयमा हातले हिडेर एक माईल पार गर्न सक्ने भएपनि आर्थिक अबस्था कमजोर भएकाले समस्या भएको बताएका छन् । आफुले हातले टेकेर एक माईल हिडेपछि गिजिन बुकमा नयाँ रेकर्ड कायम हुने भन्दै दाङ मात्रै नभई देशकै नाम उचाईमा पुग्ने भन्दै सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।‘ म यो कार्य गर्न सक्छु, तर म संग आर्थिक छैन्, त्यसले गर्दा समस्या भएको छ’ उनले भने ‘ सबैको सहयोग पाए मैले गिनिज बुकमा नाम लेखाउन सक्छु। ’करिब १० लाख रुपैँया आवश्यक पर्ने भएपनि अहिले आफुसंँग आर्थिक अभाव भएको बताए ।

ऋषि परियारलाई गिनिज बुकमा नाम लेखाउन निर्माण गठित समितिका संयोजक तुलसी थापाको अध्यक्ष तथा रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्य एवं समितिका सदस्य सचिब सीता वलीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।त्यस अवसरमा रेग्मीले रिपोर्टस् क्लबको तर्फबाट ऋषि परियारलाई तीन हजार रुपैँया सहयोग गर्ने घोषणा समेत गरे । साथै रेडियोबाट नियमित ऋषिलाई सहयोग संकलनका लागि जिंगल निर्माण गर्ने समेत बताए । त्यस्तै समितिका सदस्य सचिब सीता वलीले यस पटक जसरी पनि ऋषिको नाम गिनिज बुकमा लेखाउने बताइन् ।

यस अघि नाम लेखाउन नसकिएको भएपनि अहिले आर्थिक अभाबकै कारण ऋषिले नाम लेखाउने कार्यमा कुनै अबरोध नहुँने गरि काम अघि बढेको बताईन् । अहिले सहयोग संकलन अभियान जारी रहेको भन्दै सहयोग गर्न सबैमा आग्रह पनि गरिन् ।कार्यक्रममा एनप्याबसन दाङका बरिष्ठ उपाध्यक्ष बिमल गौतमले दाङका ऋषिले गिनिज बुकमा नाम लेखाउनु राम्रो कार्य भएको भन्दै यसलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण पत्रकार दीपक बोहराले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा