७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । पर्यटन उद्योगको क्षेत्रमा गुणस्तरीय र शान्त वातावरणसहित आतित्थ्यता प्रदान गर्दै आइरहेको तिलोत्तमाको मणिग्राम स्थित होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लिले १३ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा होटलमा कार्यरत १८ जना कर्मचारीहरुलाई विभिन्न विधामा सम्मान गरिएको छ ।

Advertisement

होटलमा कार्यरत कर्मचारी परिवारको मेहनत र लगनशिलताकै कारण यस क्षेत्रका उद्योगी, व्यवसायी, संघ–संस्था लगाएत अन्य सेवाग्राहीको पहिलो रोजाईका रुपमा ड्रिमल्याण्ड स्थापित भएको होटलका अध्यक्ष गोपाल रानाले बताए । १३ वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गर्नु आफैमा ऐतिहासिक र खुसीको कुरा भएको बताउँदै उनले थप लगनशिल र कर्मशिल भएर अघि बढ्न होटल परिवारलाई आग्रह गरे । ग्राहकको मागलाई मध्यनजर गर्दै आगामी वैशाख १ गतेदेखि रिसोर्टमा ‘ड्रिम क्याफे सञ्चालनको तयारीमा रहेको उनले बताए । कर्पोरेट पर्सन तथा युवा पुस्तालाई लक्षित गरी सुविधासम्पन्न क्याफे सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । नेपालका ७ वटै प्रदेशमा होटलको नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेपनि कोरोना महामारी तथा मुलुकमा देखिएको आर्थिक मन्दीले काम अघि बढाउन समस्या भैरहेको रानाले बताए ।

मणिग्राम स्थित साढे चार बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिब ६५ करोडको लगानी रहेको छ । १२ वटा डिलक्स, ४३ वटा सुपर डिलक्स, १ प्रियिम सुईट रुम र ४ वटा सुईट रुम गरि जम्मा ६० वटा सुबिधा सम्पन्न कोठाहरु रहेको यस रिसोर्टमा १५,०० जना क्षमताको मल्टिप्रपोज हल ,२०० जना क्षमताको कन्फ्रेन्स हल, १५० जना क्षमता एउटा मिटिङ हल तथा ४५ जना क्षमताको २ वटा मिटिङ हलहरु रहेको होटलका जनरल म्यानेजर लक्ष्मण खड्काले जानकारी दिए । यसैगरी १२० जना क्षमताको रेष्टुरेन्ट, भि.आइ.पि. लाउन्ज, हेल्थ क्लव, बार, कफि सप, बेबी पार्क तथा यस क्षेत्रकै ठूलो स्विमिङ पुल एवम् १ हजार बढी सवारीका लागि पार्किङ सुबिधा रहेको खड्काले बताए । यसैगरी मिनि क्यासिनो समेत सञ्चालनमा रहेको जनरत म्यानेजर खड्काले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस होटलमा बुद्ध सर्किट अन्तरगतका ४५ प्रतिशत, भारतीय मुलका १५ प्रतिशत तथा यूरोपीयन मुलुकका ५ प्रतिशत बढी पर्यटकहरु आउने गरेको होटलका सहायक अपरेशन म्यानेजर राजेन्द्र पौडेलले जानकारी दिए । यसैगरी स्वदेशी तथा कर्पोरेट क्षेत्रका करिब ३५ प्रतिशत ग्राहक रहेको उनले बताए ।

होटलको शाखा विस्तार गरी सात वटै प्रदेशका मुख्य शहरहरुमा आतिथ्यता प्रादन गर्ने उद्देश्य रहे पनि मुलुकको आर्थिक मन्दी तथा कोरोना महामारीको प्रत्येक्ष मारमा पर्नु परेको होटलका सञ्चालक विष्णु बहादुर थापाले बताए । १३ औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रादान गर्दै होटलका सञ्चालक गिता थापा तथा कम्पनीका लेखाप्रमुख दिपेन्द्र सिंह जिसीले ग्राहको सन्तुष्टीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल