६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । ‘विश्व भरिका ॐ कार परिवारको एक मात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ भन्ने मुल नारासहित विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा रुपन्देहीको बुटवलमा  हुने भएको छ । यहि चैत २१ र २२ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा देशभरका विश्व हिन्दु महासंघमा आवद्ध व्याक्तिहरुको सहभागीतमा महासभा हुन लागेको हो ।

Advertisement

विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा रामचन्द्र अधिकारीले  देशभरबाट आउने प्रतिनिधी, पर्यवेक्षकहरुको वास स्थान व्यवस्थापन तथा महासभाका लागि बुटवलमा आयोजना हुने भव्य सोभा यात्राको तयारी पूरा गरिएको जानकारी दिए । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले यहि चैत २१ गते विहान ११ बजे  विश्वहिन्दु महासंघ रुपन्देही रहेको स्थान हाटबजारबाट शोभा यात्रा कार्यक्रम स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने जानकारी दियो । अन्तर्राष्ट्रिय सम्मेलनमा देशभरबाट आएका शन्तहरुलाई प्रमुख अतिथि बनाएर मुल कार्यक्रम आयोजना हुने अध्यक्ष अधिकारीले जानकारी दिए ।

राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियान स्वरुप महासभामा विशेष छलफल हुने विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष वरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।  शिसु कक्षादेखि विश्व विद्यालयसम्मको पाठ्यक्रममा परिमार्जित गरी स्वरोजगारमुलक मौलिकता झल्कीने  रोजगारमुलक वैज्ञानिक पाठ्यक्रम निर्माणको लागि पनि महासभावले विशेष पहल गर्ने  जनाइएको छ ।

विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खडालले  हिन्दु राष्ट्रको अभियानमा सबैले साथ दिनुपर्ने बताएका  छन् । यस्तै वरिष्ठ सल्लाहार तथा  पूर्व सांसद शंकर प्रसाद पाण्डेले सबैको एकता र सद्भाव झल्कीने प्रकृतिको सनातन हिन्दु राष्ट्रको विकल्प नभएको बताए । उनले हिन्दु गुरु राष्ट्र समेत नेपाल भएको भन्दै सोही अनुसार पहल कदम आवश्यक रहेको बताएका हुन । यस्तै  केन्द्रीय सदस्य अर्जुन कुमार पौडेलले राष्ट्र रक्षा, हिन्दु राज्यको विकल्प नभएको भन्दै यो अभियानले निस्कर्ष पाउने समेत बताए । सन्त समाजका महासचिव तथा व्यासाचार्य किशोर गौतमले नेपाली हिन्दु ऋषिमुनीहरुबाट विश्वमा विज्ञानका आविश्यहरु भएको भन्दै नेपाली बेद पुराणाको महत्व विश्वले बुझ्नुपर्ने बताए । 

महासभा मुल कार्यक्रम आयोजक समितिका संयोजक तथा विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले रुपन्देहीमा राष्ट्रिय महासभा आयोजना हुनु आफैमा गौरवको विषय भएको बताए । उनले रुपन्देही आउने करिव १ हजार ५ सय प्रतिनिधी, पर्यवेक्षकहरुको लागि व्यवस्थापन गरिएको जानकारी दिए । उनले कार्यक्रम पूर्व आयोजना हुने रर्यालीमा भव्य रुपमा ओमकार परिवार भित्रका  विभिन्न धार्मिक संघ संस्थाहरुको सहभागीता हुने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य