Jun 3, 2023
बुटवल । रुकुम पूर्वमा भरुवा बन्दुक बरामद भएको छ । सिस्ने गाउँपालिका ४ काँडास्थित जंगलमा वेवारिसे अवस्थामा रहेको ५ थान भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
अस्थाई प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्