१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

काठमाडौं । खगोलविद्हरूकाे एक समुहले अहिलेसम्मकै ठूलो ब्ल्याक होल पत्ता लगाएका जनाएका छन् । डरहम विश्वविद्यालयका अनुसन्धानकर्मीको समूहले नयाँ प्रविधि प्रयोग गरी अहिलेसम्मकै ठुलो ब्लाक होल पता लगाएको हो । 

Advertisement

जुन ब्लाक होलका बारेमा रोयल एस्ट्रोनोमिकल सोसाइटीको ‘नोटिस जर्नल’ मा आलेख प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । सो जर्नलमा उल्लेख भए अनुसार उनीहरूले ‘ग्राभिटेसनल लेन्सिङ’ नामक प्रविधि प्रयोग गरी नयाँ ब्ल्याकहोल फेला पारेका हुन । यस प्रविधिको प्रयोग गरी खगोलविद्हरूको सो समुहले प्रकाशको बाटोलाई पारिरहेको प्रभाव अध्ययन गर्दै जाँदा उक्त ब्ल्याकहोल पत्ता लगाएका थिए ।

सो अनुसन्धानको नेतृत्व गरेका जेम्स नाइटिङ्गेलले त्यो ब्ल्याकहोल कति ठूलो छ भनेर बुझ्न भने गाह्रो भएको बताएका छन् । उनको समूहले प्रकाशन गरेको अनुसन्धानात्मक आलेखका अनुसार एबेल १२०१ तारामण्डलको एक आकाशगंगामा रहेको उक्त ब्ल्याक होल, हाम्रो सूर्यभन्दा ३० अर्ब गुणा ठूलोसमेत रहेको उनीहरूले जनाएका छन् ।

‘यदि राति आकाशमा देखिने सबै तारा र ग्रहहरूलाई एउटै विन्दुमा राख्ने हो भने त्यो विन्दु ब्ल्याक होलको एक प्रतिशत मात्र हुनेछ,’ अनुसन्धनकर्ता मध्येका एक खगोलबिद नाइटिङ्गेलले बीबीसीसँग भनेका छन्, ‘ब्रह्माण्डका धेरैजसो आकाशगंगाभन्दा यो ब्ल्याक होल ठूलो देखिएको छ।’

सन् २००४ मा डरहम विश्वविद्यालयका प्राध्यापक एलिस्टर एजले ब्रह्माण्डका तस्वीरहरू अध्ययन गरिरहँदा प्रकाशको ठूलो चाप देखेपछि यो ब्ल्याक होलका बारेमा अध्ययन तथा अन्वेषण सुरू गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली