२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

भैरहवा । सरकारले बजेटमार्फत सेनेटरी प्याडको आयातमा ९० प्रतिशत छुटको ब्यवस्था गरेसंगै ६ अर्ब रुपैयाँ लगानी रहेका ३५ वटा स्वदेशी सेनेटरी प्याड उद्योगहरू संकटमा परेका छन् । सरकारले बजेटमा स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट र कच्चा पदार्थ आयात गर्दा १ प्रतिशतमात्र भन्सार लिने नीति लिएको छ । सरकारको यहि नीतिको कारण देशका अधिकांश सेनेटरी प्याड उत्पादकहरुले आफ्नो उद्योग बन्द गर्नु परेको छ भने सञ्चालन गर्नेले पनि पूर्ण रुपमा उत्पादन गर्न सकिरहेका छ्रैनन् । सेनेटरी प्याडमा कर माफीले महिलाहरुको माग सम्बोधन गर्न आयातीत उत्पादनलाई प्रोत्साहन दिई स्वदेशी उद्योग धरासायी हुने यो नीति गलत भएको उद्योगीहरुको भनाई छ ।

Advertisement

महिनावारी व्यवस्थापनमा प्रयोग हुने सेनेटरी प्याड उत्पादन गर्दै आईरहेका स्वदेशी उद्योगहरुको उत्पादन बिक्रि हुन छाडेका छन । भैरहवाको एजी हेल्थ ईण्डष्ट्रिज प्रालीका प्रवन्ध निर्देशक गंगाधर अधिकारीका अनुसार गत बर्ष सम्म निर्यात गरेको उद्योगमा अहिले मौज्दात मात्र रहेको छ । “बहुराष्ट्रिय कम्पनीका बहुचर्चित ब्राण्डका आयातित सेनेटरी प्याडसँग नेपाली ब्राण्डलाई प्रतिस्पर्धा गर्न गाह्रो भई रहेको छ ।” अधिकारीले भने “सरकारको नीतिले नेपाली उद्योगहरुलाई चुर्लुम्म डुबाएको छ ।” प्रतिमिनेट ६ सय थान सेनेटरी उत्पादन गर्दै आएको उद्योग अहिले बन्द प्राय रहेको छ ।

यसले उक्त उद्योगमा लागेको करिब २ अर्बको लगानी डुब्ने खतरा बढेको छ भने त्यहा कार्यरत ३ सय बढीको रोजगारी समेत गुम्ने अवश्था रहेको छ । नेपालमा भएका विभिन्न उद्योगहरूबाट उत्पादित हुने सेनेटरी प्याडको गुणस्तर विश्वस्तरीय रहेको र यहाँका उत्पादनहरूले नेपाल गुणस्तर चिह्न पनि प्राप्त गरिसकेको एजी हेल्थ ईण्डष्ट्रिज प्रालीका अध्यक्ष तिलक प्रसाद अधिकारीको भनाई छ । नेपाली उत्पादनहरूको मुल्य किफायती हुनका साथै बिदेशी उत्पादन भन्दा निकै सस्तो र गुणस्तर युक्त रहेको छ । आयातीत उत्पादनहरुको गुणस्तरको चेक जाँच भने कुनै निकायले नगरेको उनको गुनासो छ ।

आर्थिक बर्ष २०७८/०७९ सम्म सरकारले बाहिरबाट आयतित सेनेटरी प्याडमा १५ प्रतिशत भन्सार शुल्क लिई रहेको थियो तर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सो शुल्क घटाई १ दशमलव ५ प्रतिशतमा झारेका थिए । यता नेपाली उद्योगीले आयात गर्ने कच्चा पदार्थ मध्ये प्याकेजिङ्गमा ३५ प्रतिशत शुल्क लाग्दै आएको छ । यसले नेपालमा उत्पादन भईरहेका प्याडकहरुको मूल्य बढाएको र बाहिरबाट आयात भईरहेका प्याडको मूल्य घटाएको छ । नेपाल सेनेटरी प्याड एवम बेबी प्याड उत्पादक संघका केन्द्रिय अध्यक्ष डोल प्रसाद अधिकारीले सरकारले यो ब्यवस्था फिर्ता नगरे सम्म यहा उद्योगहरु सञ्चालनमा कठिनाई आउने र करिब ६ हजार कर्मचारीहरुको रोजगारी डुब्ने खतरा रहेको छ ।

यसै बिच राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले सेनेटरी प्याड उत्पादन गर्ने एजी हेल्थ ईण्डष्ट्रिज प्रालीको अवलोकन गरेका छन् । अवलोकनको क्रममा उनले सरकारले स्वदेशी उद्योगीलाई संरक्षण गर्न बिदेशी समान आयात गर्दा त्यसमा कर बढाउनु पर्ने अर्थमन्त्रीलाई सुझाव दिए । यसले नेपालका उद्योगीहरुले सजिलै बजार पाउने र नेपालमा रोजगारी श्रृजना हुने उनले बताए । “अर्थमन्त्रीलाई मेरो रचनात्मक सुझाव, नेपालमै रहेका सेनेटरी प्याड उत्पादकहरुले दैनिक करिब ७७ लाख पिस प्याड उत्पादन गर्न सक्छन, यसले हामी नेपालमै आत्मनिर्भर रहेको देखाउछ ।” शाहीले भने “अहिले केही माफियाहरुले सरकारलाई प्रभावमा पारी कर छुट गरेको कारण नेपालमा काम गर्ने मजद्र बेरोजगार हुने अवश्थामा पुगेको छ ।”

अहिले बजेट बनाउने समय रहेको कारण उनले यस बारे आफूले संसदमा आवाज उठाउने ब्यवसायीहरुलाई आस्वासन दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता