२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले प्रयाप्त अधिकारको अभावमा आफूले चाहेर पनि नेपाली चलचित्रको क्षेत्रमा अपेक्षित प्रगती गर्न नसकेको गुनासो गरेका छन् । बाहिरबाट हेर्दा बिकास बोर्डले काम गर्न नसकेको देखिए पनि काम गर्नका लागि प्रयाप्त अधिकार प्राप्त नहुनुनै वास्तविकता रहेको उनले उल्लेख गरे ।

Advertisement

नेपाली फिल्म क्षेत्रमा ४ दशक लामो अनुभव बटुलेका केसीले केही गर्ने सोचकासाथ आफू बिकास बोर्डमा आएपनि बाहिरबाट देखिएको र वास्तविकतामा धेरै फरक रहेको बताए । ‘बिकास बोर्डमा खासै धेरै अधिकार छैन, केही पनि अधिकार छैन ।’- केसीले भने, ‘हामीले धेरै निर्णय गरेर अघि बढायौं तर, मन्त्रालयमा जान्छ त्यहाँबाट स्टप हुन्छ ।’

रुपन्देहीको लुम्बिनीमा शुक्रबारदेखि सुरु भएको गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर “जीवनीमा चलचित्र निर्माण अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन” विषयक ३ दिने कार्यशालाको उद्घाटन समारोहमा बोल्दै केसीले यस्तो बताएका हुन् । नेपाली चलचित्र क्षेत्रको बिकासका लागि हाल रहेका कानूनहरु निकै पुरानो रहेको बताउँदै उनले अब ती कानूनहरुले सबै कुरालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरे ।

चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देही सहकार्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै केसीले बोर्डले नयाँ कार्यविधि तयार पारेर अघि बढाएको उल्लेख गरे । उक्त कार्यविधि पारित भएपछि चलचित्र क्षेत्रका धेरै समस्याहरुको समाधान र बिकासमा सहयोग पुग्ने उल्लेख गरे । 

लुम्बिनीमा आयोजित कार्यशालामा सिने पत्रकारिता क्षेत्रमा लामो समय कलम चलाएका विश्व बस्नेत, प्रकाश सायमी, नेपाल चलचित्र निर्देशक समाजका अधयक्ष जनकदिप पराजुली, कथाकार विक्रमभक्त जोशी लगायतको प्रस्तुती रहने छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो अन्तरिक्षवाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री