ताजा अपडेट »

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, १७ चैत्र २०७९, ११ : ५४
24 Shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ । शुक्रबार बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । जगातीबाट साँगा तर्फ जाँदै गर्दा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल महत आफैंले चलाएका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।