२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ ।यसअघि लगातार तीनदिनदेखि घटेको अमेरिकी डलरको भाउ बिहीबार भने २४ पैसाले बढेको थियो । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ । यसअघि बिहीबर पनि सोहि मूल्यमा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो भने उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३८ पैसाले बढेको हो । बुधबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। सोहि दिन ७० पैसाले युरोको भाउ बढेको थियो ।

Advertisement

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर शुक्रबार १६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा तोकिएको छ। यो मूल्य बिहीबरको तुलनामा १६ पैसाले बढेको हो । बिहीबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो ।  त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ दुइ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा तोकिएको छ । यसैगरी शुक्रबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५९ पैसा पाइन्छ भने शुक्रबार बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५० रुपैयाँ २० पैसा तोकिएको छ।
 

प्रतिकृया दिनुहोस्

Flash News

संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो