ताजा अपडेट »

घट्यो सुनकाे भाउ

मंगलबार, १४ चैत्र २०७९, ११ : ४४
41 Shares
मंगलबार, १४ चैत्र २०७९
41 Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । यसअघि सोमबार २०० घटेको सुन मंगलबार एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजाररुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। म‌ंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।