ताजा अपडेट »

गुल्मीमा बाख्राका बोका-पाठालाई महिलालाई लगाउने तीन महिने सुई लगाएपछि..

सोमबार, १३ चैत्र २०७९, २१ : ०७
28 Shares

बुटवल । गुल्मीमा महिलालाई लगाउने तीन महिने सुई बाख्राका बोका, पाठालाई लगाउने गरेको पाइएकोछ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर २ र ७ मा रहेका कृषकको बोका पाठालाई तीन महिने सुई लगाउने गरेको पाइएको हो ।

स्थानीय निजी क्षेत्रमा रहेका पशु सेवामा कामकाज गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूबाट नियम विपरित महिलामा प्रयोग गर्ने हर्मोन संगीनी सुइ प्रगोग गरेको पाइएको भन्दै गाउँपालिकाले उक्त कार्य रोक्न सूचना जारी गरेको छ । गलत रुपमा प्रयोग गरिएको उक्त हर्मोनको दिर्घकालिन असर मानव स्वास्थ्यमा पर्नजाने भएकोले सो कार्य यथासिघ्र बन्द गराउन अनुरोध गर्दै पालिकाले सूचना जारी गरेको हो । गाउँपालिकाले उक्त कार्य गरेको पाइएमा पशु चिकित्सक तथा कृषक दुबैलाई कानून अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।