२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जनताप्रतिको सेवाभावको अठोट हुनुपर्ने बताएका छन् । 

काठमाडौं सोमबार पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने र यसप्रतिको अठोट र प्रतिबद्धता आवश्यक पर्ने बताएका हुन् । जनतासँग निरन्तर नजिक रहेर उनीहरुका दुःख, समस्या बुझेर समाधान गर्न राजनीतिज्ञमा अठोट, प्रतिबद्धता र समर्पण आवश्यक पर्ने भन्दै राष्ट्रपति पौडेलले राजनीति भनेकै देश र जनताको सेवा रहेको बताए । 

राजनीतिज्ञमा हुने गुण स्वर्गीय जोशीमा रहेको स्मरण गराउँदै राष्ट्रपति पौडेलले देश र समाज परिवर्तन तथा जनताको सेवाका लागि सधैं जोशी क्रियाशील रहेका बताए । 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर