२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । एभरेस्ट बैंक बुटवल र भैरहवा शाखाले मार्च २० देखि २६ सम्म आयोजित ग्लोबल मनि वीक-२०२३ भव्य रुपमा मनाएको छ। बैंकको बुटवल शाखाले लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुंईकेल र बुटलव शाखा प्रमुख नवीन पण्डित क्षेत्रीको उपस्थितिमा बुटवल १२ स्थित मायादेवी टेक्निकल कलेजमा डिप्लोमा प्रथम वर्षका विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरि ग्लोबल मनि वीक-२०२३ मनाएको हो ।

यस्तै एभरेष्ट बैंक भैरहवा शाखाले पनि जगदम्बा स्पिनिङग मिल प्रा. लि.को हाता भित्र वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम आयोजना गरि ग्लोबल मनि वीक २०२३ मनाएको छ । उक्त कार्यक्रम भैरहवा शाखाका शाखा प्रमुख धुर्ब प्रसाद आचार्य र दिपक कुमार बजिमयको उपस्थितिमा सम्पन्न भएको हो । सो कार्यक्रममा युवा अवस्थादेखि नै बुद्धिमानि पूर्वक पैसा व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्‍याउन मद्धत गर्ने बैंकले विश्वास लिएको छ । साथै किशोर किशोरी तथा युवा युवतीको वित्तीय ज्ञान, सीप, मनोविर्ति र व्यहवारमा सुधार ल्याई वित्तीय सक्षमता अभिबिर्दिका माध्यमले विबेकशिल निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिकमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उदेश्य रहेको बैंकले जनाएको छ ।

भारतको पन्जाव नेशनल बैंकसंग संयुत साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाईको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढि सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशै भरि छरियर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रदेशिक कार्यालय , १६० एटियम सहित विश्वब्यापी नेट्वोर्कबाट अत्याधुनिक मोबाईल, ईन्टरनेट र एसएमएस बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजश्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ गठन फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध