६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

पुस २४,

Advertisement

ग्लोबल आवाज

बुटवल । क्यान महासंघले वुटवलमा ९ औँ संस्करणको क्यान इन्फोटेकको आयोजना गर्ने भएको छ । आग्रमी माघ १७ गतेदेखि २१ गतेसम्म बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना हुने प्रर्दशनीमा विभिन्न प्रविधिका १ सय १० वटा स्टल रहने आयोजकले जनाएको छ । सबै स्टल बुकिङ्ग भइसकेको छ । विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरीएको प्रर्दशनमा प्रवेशका लागि पेपर लेस टिकटको व्यवस्था गरिएको आयोजक संस्था क्यान रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले जानकारी गराए ।

इन्फोटेक बारे जानकारी गराउन विहिबार रुपन्देहीको त्तिलोतमामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले ५ दिनसम्म सञ्चालन हुने प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित कम्पनीहको सहभागिता रहने जानकारी गराए । सो अवसरमा बौल्दै क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुवँरले इन्फोटेकमा नेपालमा उत्पादन भई बाहिर निर्यात भएका सफ्टवेयरका बारेमा समेत जानकरी गराउने प्रयास गरीएको बताए । प्रर्दशनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुराउने बताउँदै हालै सरकारले ल्याएको डिजिटल नेपाल फेमवर्कलाई समेत सहयोग पुग्ने दावी गरे।

प्रर्दशनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स् , मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटस् , ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, बैंंक, आई सी.टी कलेज, शैक्षिक परामर्श केन्द्र, आई टि टेनिङ्ग ईन्स्टिच्युट्स, सफ्टवेर सोलुसनस्, पेमेन्ट सोलुसनस् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय विद्यार्थीले बनाएका प्रविधियुक्त हाडवेयर सफ्टवेयरसँग सम्बन्धित विभिन्न साम्रागीहरुका स्टल रहने भएका छन् । अवलोकनका लागि विद्यार्थीहरुका लागि २० रुपियाँ र अन्यका लागि ५० रुपियाँ टिकट दर तोकिएको छ भने माघ २० गते विजनेस डे का रुपमा घोषणा गरीएकाले उक्त दिन सबैलाई ५० रुपिँया टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ ।

यस पटकको संस्करणमा मुख्य आकर्षकका रुपमा अत्याधुनिक सुरक्षा प्रविधिको प्रर्दशनी, कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली वैज्ञानीकहरुद्वारा निर्मित रोवट र ड्रोन, सूचना प्रविधि तथा विद्युतिय वित्तिय साक्षरता विषय अभिमुखीकरण लगायतका कार्यक्रमहरु रहेका छन् । क्यान ईन्फोटेकको मुख्य प्रायोजन प्रभु पे तथा एशोसिएट प्रायोजक‘वल्ड लिंक’ रहेका छन् । यस संस्करणको अफिसियल नाम नै ‘प्रभु पे क्यान इन्फोटेक २०२० ईन एशोसिएशन विथ वोल्ड लिंक’ रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई