२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

भैरहवा । शनिबार भैरहवामा ईण्डो-नेपाल बक्सिङ्ग खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाईटेड प्रोफेसनल बक्सिङ्गको आयोजनामा हुने खेलमा ३ जना नेपाली बक्सर पनि भिड्ने आयोजकले बताएका छन् ।

Advertisement

भैरहवामा रहेको टाईगर प्यालेस रिसोर्टमा हुने प्रतियोगितामा ७ वटा खेल खेलाईने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् । युनाईटेड प्रोफेसनल बक्सिङ्गका अनिलमान रोयका अनुसार फिदरवेट बिधामा नेपाली बक्सर सुजन र भारतीय बक्सर विनयको बक्सिङ्ग हुनेछ । यस्तै फ्लाईवेट अन्तरगत नेपाली बक्सर लक्ष्मण र भारतीय बक्सर शुभम भिड्ने रोयले बताए । सुपर मिडलवेट अन्तरगत भारतीय बक्सर कुलदिप र नेपाली बक्सर मनोज भिड्ने उनले बताए । यस बाहेक वेल्टरवेट अन्तरगत भारतीय बक्सरहरु आरभ र गौरब, अनुज र सुमित तथा राहुल र सुरेश भिड्दै छन् । सुपर फेदरवेट अन्तरगत भारतीय बक्सर उमेश र बरुन लड्ने रोयले जानकारी दिए ।

नेपालको काठमाण्डौ लगायतका शहरमा बक्सिङ्ग प्रतियोगिता भए पनि भैरहवामा इण्डो-नेपाल बक्सिङ्ग प्रतियोगिता पहिलो पटक आयोजना हुन थालेको युनाईटेड प्रोफेसनल बक्सिङ्गका आदित्य ओबरायले बताए । उनले प्रतियोगिताले यस क्षेत्रको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्य राखिएको बताए । “भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल, होटलहरुको उपलब्धता लगायतको सुविधालाई ध्यानमा राख्दै प्रतियोगिता यहा आयोजना गर्ने निर्णय गरेका हौं ।” ओबरायले भने “आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई यहा निरन्तरता दिने सोच बनाएका छौं ।”

टाईगर प्यालेस रिसोर्टमा हुने उक्त प्रतियोगिताको प्रवेश शुल्क २ हजार रुपैयाँ राखिएको र करिब ३ सय बढी दर्शकले यसको अवलोकन गर्ने रिसोर्टकी प्रवन्धक एमीले जानकारी दिईन । यो शुल्कमा पुल पार्टी, डिजे, बक्सिङ्ग लगायतमा भाग लिन तथा अवलोकन गर्न सकिने उनले बताइन ।
भारतीय कम्पनी युनाईटेड प्रोफेसनल बक्सिङ्गले भारतमा ७० भन्दा बढी कार्यक्रम गरि सकेको र नेपालमा पहिलो पटक आयोजना गर्न लागेकोले यसलाई सफल बनाउन नेपाली पक्षसित आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ गठन फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध