ताजा अपडेट »

१० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजारले बढ्यो

शुक्रबार, १० चैत्र २०७९, १४ : ०१
29 Shares

काठमाडौं । पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जना बढेका छन् ।शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार १० वर्षमा उक्त संख्यामा नेपालको जनसंख्या वृद्धि भएको हो । 

२०६८ सालमा गरिएको गणनाअनुसार २ करोड ६४ लाख ९४ हजार ५०७ जना रहेकामा १० वर्षपछि २०७८ मा गरिएको गणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसअनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । जुन ४८.९८ प्रतिशत पुरुषको जनसंख्या देखिन्छ । महिला १ करोड ४९ लाख ११ हजार २७ छन् । ५१.०२ प्रतिशत महिलाको जनसंख्या रहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।