ताजा अपडेट »

अतिक्रमित भूमी फिर्ताको माग गर्दै शान्ति समाजले बुझायो ज्ञापनपत्र

विहीबार, २४ पुस २०७६, १२ : ३६
24 Shares
विहीबार, २४ पुस २०७६
24 Shares

पुस २४,

ग्लोबल आवाज

सन्धिखर्क । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले सरकारलाई ज्ञापनपत्र पत्र बुझाएको छ । भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमान आँच आउने काम गरेको भन्दै समाजले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री लाई ध्यानकर्षण गराएको छ ।

नयाँ राजनीति नक्सा तुरुन्त सच्याउनुपर्छ भन्दै शान्ति समाजले ध्यानाकर्षण पत्र बुझाएको छ ।साथै यस संवेदनशील विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहल सहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न प्रधानमन्त्रीलाई आग्रह सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले आजनै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।