२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौँ । जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ ।

Advertisement

सन् २०२३ को जनवरी १ सम्ममा देशभरका करिब २६ हजार स्थानमा गरिएको सर्वेक्षणमा औसत मूल्याङ्कन अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले बढी रहेको जनाइएको छ । यो १५ वर्षयताकै सबैभन्दा ठूलो वृद्धि भएको र कोभिड–१९ को प्रतिबन्ध हटेपछि कार्यालय, आवास र होटलको माग बढेको मन्त्रालयले जनाएको छ ।

सन् २००८ मा १.७ प्रतिशतले मूल्य वृद्धि भएयता सबैभन्दा बढी मूल्य वृद्धि भए पनि यो वृद्धि प्रमुख शहरभन्दा बाहिर देशभर फैलिएको मन्त्रालयले जनाएको छ । टोकियो, ओसाका र नागोयाको सबैभन्दा ठूलो सङ्ख्या २.१ प्रतिशतले बढेको छ भने चार क्षेत्रीय शहर साप्पोरो, सेन्दाई, हिरोशिमा र फुकुओकाको मूल्यमा ८.५ प्रतिशतले वृद्धि भएको छ । 

कोभिड–१९ महामारीको प्रभावका कारण जग्गाको मूल्य वृद्धि हुँदै आएको भए पनि अहिले मध्यम आर्थिक पुनः उत्थानका कारण मूल्य वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ ।-एजेन्सी 

प्रतिकृया दिनुहोस्

Flash News

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै