१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

पुस २४,

Advertisement

ग्लोबल आवाज

तिलोत्तमा । स्थापना दिवसको अवसरमा तिलोत्तमा–४ मा क्रियाशील सामाजिक संस्था तिलोत्तमा सिर्जनशील समाजले सरसफाई कार्यक्रम गरेको छ । खुला शुन्य पोलोथिन अभियानलाई सघाउन वडा नं. ४ सँगको सहकार्यमा समाजले सरसफाई गरेको हो । ड्राइभरटोल चोकमा गरिएको कार्यक्रममा जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष दिवाकर ढकालले कार्यक्रमको औचित्यको बारेमा प्रष्टाए । सोही अवसरमा धार्मिक सहिष्णुता र भ्रमण वर्षको प्रचारका लागि देवघाटदेखि लुम्बिनीसम्मको साइकल यात्रा गरेका चितवनका एक दम्पतीलाई स्वागत समेत गरिएको थियो । भरतपुर महानगरपालिका १ पोखरा बसपार्ककी रुक्मिणी सापकोटा घिमिरे र केशव घिमिरेले ३ दिने साइकल यात्रा गरेका हुन् । धार्मिक पर्यटकीयस्थल देवघाटको मन्दिरमा पूजा गरी यात्रामा निस्किएको साइकल यात्री रुक्मिणीले बताइन् । उनका अनुसार देवघाटबाट भरतपुर २ लिलाचोकमा रहेको मस्जितमा आएर त्यहाँबाट लुम्बिनी यात्रा तय गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र धार्मिक सहिष्णुता तथा पर्यावरणका लागि साइकल यात्रामा निस्किएको उनले बताइन् ।

पुस २५ गतेदेखि २६ गतेसम्म नारायणगढ, हेटौंडा र चितवनको पर्यटकीय क्षेत्र मेघौलीको यात्रा गर्ने पनि जनाइएको छ । १० वर्ष पहिलेदेखि साइकल यात्रा गर्दै आएका दम्पत्तिले यसअघि मुक्तिनाथ, वेनी, वन्दीपुर, काठमाडौं, सिन्धुली लगायतका स्थामा पुगिसकेका छन् भने चितवनको पर्यटकीय क्षेत्र सिराइचुली, उपरदाङगढी लगायतका स्थानमा पनि साइकल यात्रा गरिसकेका छन् ।
पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्यका लागि र पर्यावरणका लागि पनि साइकल यात्रा महत्वपूर्ण रहने उनीहरूको भनाई छ । विभिन्न जिल्लाको यात्रा गरिसकेका दम्पत्तिले कुनै कार्यक्रममा निमन्त्रण आए आयोजकले खर्चको व्यवस्था गर्ने गरे पनि धेरै जसो खर्च भन् आफैँ गर्ने गरेको बताए ।

प्रतिघण्टा १५ किलो मिटरसम्म यात्रा गर्ने गर्दछन् भने एक दिनमा १५० किलो मिटरसम्म साइकल यात्रा गरेको रुक्मिणीले बताइन् । सडकमा साइकल लेन नहुनु तथा साइकलको फाइदाबारे मानिसलाई जानकारी नहुँदा साइकल यात्रीको संख्या बढ्न नसकेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली