ताजा अपडेट »

स्काई ल्याण्डको १९औं वार्षिकोत्सव

आइतबार, २७ माघ २०७५, १३ : ३९
10 Shares


माघ २७,
तिलोत्तमा । शंकरनगर स्थित स्काइल्याण्ड ई.बो.स्कूूलको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आइतबार सम्पन्न १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बसन्त पञ्चमीको अवसरमा विद्यालयमा सरस्वतीको पूूजा–आरधना, नयाँ बालबालिका अक्षरारम्भ तथा भर्ना कार्यक्रम पश्चात सम्पन्न कार्यक्रम विद्यालयका अध्यक्ष शुुक्र रानाको अध्यक्षता,नेकपा तिलोत्तमा नगर सचिव लक्ष्मण खनालको प्रमुुख आतिथ्यता, धुु्रबतारा सहकारी संस्थाका सदस्य मान बहादुर कुँवरको विशिष्ट आतिथ्यतमा भएको थियो ।

सो अवसरमा शैक्षिक सत्रमा उत्कृष्ट हुुने र वार्षिक उत्सवका अवसरमा आयोजित खेल सप्ताहका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयकी प्रिन्सिपल अन्जना रानाले बताइन् ।

विद्यालयका शिक्षक प्रेम आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुुती गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।