२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

बुटवल । समृद्धि सरोकार केन्द्र नेपाल र लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईंद्वारा लिखित ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सोमबार बुटवलमा सम्पन्न भएको छ ।

Advertisement

उक्त पुस्तकको परिचर्चा गर्दै संविधान सभा सदस्य नेत्रप्रसाद पन्थी, वरिष्ठ लेखक तथा आख्यानकार जंगबहादुर शाह, वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेल, पूर्व न्यायाधीश टीका बहादुर हमाल, बौद्ध अध्येता देवेन्द्रराज शाक्य, प्राध्यापक भोजराज भट्टराई, शिक्षाविद् लव जोशी,राजनीतिककर्मी शरद वली, समाजसेवी रामप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुद्धिजीवी यज्ञलाल सुवेदीलगायतले बोल्दै नेपालमा जन्मेका गौतमबुद्धले विश्वमा सर्वाधिक ख्याति र नयाँ दर्शन दिएकोमा नेपालीहरुले सधै गौरवबोध गर्न पाएको बताए ।

समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेय र कार्यक्रमको सञ्चालन समृद्धि सरोकार केन्द्रका सचिव दामोदर घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय समाचार समिति( रासस) लुम्बिनी प्रदेशका कार्यालय प्रमुख भरत केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, सञ्चारिका समूह लुम्बिनी प्रदेशका महासचिव निरु गौतम, प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष भगवती पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, बुद्धिजीवी लिलाबल्लभ ढकालले बोद्धदर्शन र सञ्चारसंग जोडिएको कृतिले नयाँ सन्देश दिएको बताए ।

कृषि पत्रकार समाज लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण खनाल, अन्र्टाटिकामा पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, बुद्धिजीवी रुद्रलाल उपाध्याय, कान्ति मा.वि. बुटवलका प्राचार्य गोविन्द ज्ञवाली,हिमालय बुक्सका प्रमुख साहित्यकार माधव गौतम, दैनिक पत्र राष्ट्रिय दैनिकका व्यवस्थापक मञ्जु पौडेल, लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका उपाध्यक्ष कृष्ण गाउँलेलगायतका लेखक, साहित्यकार,पत्रकार तथा समाजसेवी महानुभावहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

वैशाखसम्म उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत शाहिदको ओटीटी पारिश्रमिक ४० करोड लागुऔषधसहित ३ जना पक्राउ जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज