१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पाउनुपर्ने सुबिधाको बारेमा सबैले ध्यान दिनुपर्ने सरोकारवालाले माग गरेका छन। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको पक्षमा काम गर्दै आएको निलहिरा समाजको आयोजनामा आइतबार बुटवलमा सरोकारवाला नियाकहरुसंग भएको छलफलमा बोल्ने वक्ताहरुले जानकारी गराएका हुन।

Advertisement

यौनिक तथा लैङ्गगिक अल्पसंख्यक समुदायका मुद्दाहरुको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै ओपन सोसाईटी फाउन्डेसनकि कार्यक्रम संयोजक भूमिका श्रेष्ठले अहिलेसम्म समुदायले भोग्दै आएका समस्याको बारेमा बताईन। उनले नागरिकताको कारणले सबैभन्दा समस्या भोग्नु परेको बताउदै यसको उचित ब्यवस्थापन हुनुपर्ने बताईन। नागरिकताको कारणले सरकारी क्षेत्रमा सहभागीता हुन नपाएको बताईन। श्रेष्ठले यो समुदायमा फरक फरक समयका ब्यक्तिहरु रहेको बताउदै फरक फरक लिङ्गी भएकोले पहिचानको लागि गाह्रो भएको बताईन।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले महिलाहरूले पाएको ३३ प्रतिशत अधिकार एकैपटक नपाएको बताउँदै पटक-पटकको प्रयासबाट आएकोले यो समुदाय पनि निरन्तर लड्दै जानुपर्ने बताईन। उनले यो समुदायप्रती समाजको नजर सुधार नभएको बताउदै यसमा परिवर्तन गर्दै सिद्धार्थनगरले बजेट बिनियोजन गरेको बताईन। उनले शिक्षाबाट सरकारले बञ्चित नगरेको बताउदै कार्यक्रम लिएर नगरपालिकामा आएमा बजेट कमि हुन नदिने बताईन। साथै उनले आवश्यक सहकार्य गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गरिन ।

कार्यक्रममा तुल्सा ज्ञवाली सैनामैना महिला बालबालिका तथा सामाजिक शाखा प्रमुख, सीता घिमिरे भन्डारी, प्रादेशिक संयोजक रेशम न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रालय, रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका,रोहिणी गाउपलिका, साहासी कदम नेपाल लगायतका सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको आनिक रानाले जानकारी दिइन।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै