१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

North Korea’s leader Kim Jong Un greets participants of the first workshop of the commanders and political officers of the Korean People’s Army (KPA) in Pyongyang, North Korea in this image supplied by North Korea’s Korean Central News Agency on July 30, 2021. KCNA via REUTERS ATTENTION EDITORS – THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. REUTERS IS UNABLE TO INDEPENDENTLY VERIFY THIS IMAGE. NO THIRD PARTY SALES. SOUTH KOREA OUT. NO COMMERCIAL OR EDITORIAL SALES IN SOUTH KOREA. – RC2OUO9PLAWI

काठमाडौँ । उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलार्य उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ । 

Advertisement

पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमित रूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ । दक्षिण कोरियाको सेनाले उत्तरी प्योन्गान प्रान्तको टोङचाङरी क्षेत्रबाट पूर्वी सागरतर्फ प्योङयाङले आज बिहान छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको बताएको छ । दक्षिण कोरियाली सेनाका अनुसार उक्त क्षेप्यास्त्र आठ सय किलोमिटर परसम्म उडेको थियो । सोलले आजको प्रक्षेपणलाई गम्भीर उत्तेजना तथा राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन भनेको छ । 

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डले पनि प्रक्षेपणको निन्दा गरेको छ । जापानले पनि उक्त परीक्षणको निन्दा गरेको छ । टोकियोले बेइजिङस्थि आफ्नो दूतावासमार्फत उत्तर कोरियाको विरोध गरेको जापानका उपरक्षामन्त्री ताशिरो इनोले पत्रकारहरूलाई बताएका छन् ।उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय सेनामा स्वेच्छाले भर्ती हुन आठ लाखभन्दा बढी युवाले इच्छा व्यक्त गरेको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण भएको जनाएको छ । देशको रक्षाका खातिर आफूहरू सेनामा सेवा गर्न तयार रहेको उनीहरूले बताएका छन् । 

बारम्बार छोटो तथा लमो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उत्तर कोरियाले आज गरेको प्रक्षेपणबाट टोकियो, सोल र वासिङ्टनबीचको सहकार्यलाई  अझ सुदृढ बनाउने उनीहरूको तर्क छ । 

उत्तर कोरियाली नेता किम जोङ उनले यो महिनाको प्रारम्भमा वास्तविक युद्धका लागि तयारी गर्न तथा सैन्य अभ्यास तीव्र तुल्याउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो । प्योङयाङले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई आफूमाथिको आक्रमाण्को पूर्वाभ्यासका रूपमा लिएको छ भने त्यसको प्रतिकार गर्ने चेतावनी बारम्बार दिँदै आएको छ । साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ । 

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनि उत्तर कोरियाले पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तरराष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले गरेको छ ।   

कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले हालै प्योङयाङमा भएको पार्टीको विस्तारित केन्द्रीय समितिको पूर्ण बैठकमा राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिनुभएको थियो । उहाँले खाद्य सङ्कट सम्बोधनका निम्ति सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गरेका थिए ।

उत्तर कोरियाले आफ्नो शक्तिशाली क्षेप्यास्त्र भने आजसम्म प्रक्षेपण गरेको छैन । आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको उसले क्षेप्यास्त्र परीक्षणलाई आफ्नो अधिकार एवम् प्राथमिकता भन्दै आएको छ । उत्तर कोरियाको बढ्दो चुनौती सामान गर्न हालै सोल र टोकियोले विगतका विवाद बिर्सने सहमति गर्दै प्योङयाङका गतिविधिसम्बन्धी  सूचना एकअर्काले आदान प्रदान गर्ने सम्झौता गरेका छन् । प्योङयाङको आणविक र क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी गोप्य सूचना आदान प्रदान गर्नेबारेमा गत बिहीबार जापान र दक्षिण कोरियाबीच सहमति भएको हो । 

प्रतिरक्षा विश्लेषकहरूका अनुुसार उत्तर कोरियाले निरन्तर गरेको क्षेप्यास्त्र परीक्षणले लामो समयदेखिका प्रतिद्वन्द्वी जापान र दक्षिण कोरियालाई नजिक्याएको छ । बाह्रवर्षपछि दक्षिण कोरियाली राष्ट्रपतिले जापान भ्रमण गरेर उच्च नेतृत्वसँगको शिखर वार्तापछि सुरक्षा सहयोग बढाउने पारस्परिक सहमति गर्नु प्योङयाङकै देन भएको उनीहरूको टिप्पणी छ । 

राष्ट्रपति युनसँगको वार्तामा जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तरको सामना गर्न सोल र टोकियो एकजुट हुनुनपर्नेमा जोड दिएका थिए । सोलसँगको सम्बन्ध बिग्रदा रोकिएको सुरक्षा सूचना आदानप्रदान अब पुनः शुरु हुनेछभने निलम्बित सुरक्षासम्बन्धी द्विदेशीय वार्ता पनि  हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप