५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

फाईल फोटो

पुस २३,

Advertisement

ग्लोबल आवाज

दाङ्ग । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या भएको घटनाको अढाई वर्षपछि मुद्दा फैसला भएको छ । सल्यानमा घटना घटेकाले जिल्ला अदालत सल्यानबाट मुद्दा चलाइएको थियो । जिल्ला न्यायाधिस कुलप्रसाद पाण्डेको ईजलासले यहि पौष ४ गते दोषी उपर कसुर निर्धारण गदै पौष १५ गते मुद्दा फैसला सुनाउदै व्यापारी श्रेष्ठको अपहरण र हत्या आरोपमा पक्राउ परेका ८ जनालाई कारागार चलान गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका ११ जना मध्ये अन्य तिन जनाले सफाई पाएका छन् । अदालतले घटनाका मुख्य योजनाकार भनिएका तुलसीपुर ८ का २८ वर्षिय भुपेन्द्र भण्डारी, तुलसीपुर ११ कटाहाका ३० वर्षिय खुम बहादुर केसी र जमा पुनलाई निर्दोष ठहर गर्दै सफाई दिएको हो । सोहि घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य ८ जनालाई अदालतले कर्तव्य ज्यान मुद्दा र अपहरण सम्वन्धि मुद्दामा छुट्टाछुट्टै कैद सजाय तोकेको छ । जसमा दाङ शान्तीनगर गाउँपालिका घर भई हाल तुलसीपुर ६ निवासी ४० वर्षिय टिकाराम घर्तिलाई कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय सुनाईएको छ । अदालतका श्रेस्तेदार दिपक पोख्रेलका अनुसार घर्ति विरुद्ध थप अपहरण मुद्दामा १२ वर्ष कैदको सजाय तोकिएकोे छ । यस्तै अबिरल महतरालाई कर्तव्य ज्यान मुद्धामा ५ बर्ष र अपहरण मुद्धामा ९ वर्ष कैद र थप दुई वर्ष कैद सजाय सहित ५० हजार रुपैँया जरिवानाको फैसला सुनाईएको छ ।

यस्तै सल्यान झिम्पे ४ का मान बहादुर भण्डारी, मन बहादुर पुन, नारायण वली र रुगद थापालाई कर्तव्य ज्यान मुद्धामा ५ बर्ष कैद र अपहरण मुद्धामा ८ बर्ष कैद र थप दुई वर्ष कैद सजाय सहित ५० हजार रुपैया जरिवानाको फैसला सुनाईएको छ । यस्तै पुजा घर्तीलाई ८ बर्ष थप दुई वर्ष कैद सहित ५० हजार जरिवाना तथा बिरे घर्तीलाई ७ बर्ष थप २ बर्ष कैद सहित ५० हजार जरिवानाको फैसला सुनाईएको छ । घटनामा १४ जना संलग्न भएको भनिएता पनि ११ जना अभियुक्तहरु मात्रै पक्राउ परेका थिए । अन्य तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेमा दैलेख जिल्लाका लोकेन्द्र शाही र अन्य दुई जना रहेको प्रहरीले बताएको छ । २०७४ साल जेठ २६ गते साँझ अपहरण गरी तिन दिन पछि सल्यानको छत्रेश्वरी गाउपालिका वडा नं. ४ झिम्पे भन्ज्याङ भन्ने स्थानमा श्रेष्ठको शव फेला परेको थियो । घटना पछि प्रहरीले विशेष अनुसन्धान गर्दैै जादा घटनामा संलग्न भएको आशंकामा दुई जना व्यक्तिलाई पक्राउ गरेपछि मात्र उनीहरुले दिएको सुचनाका आधारमा श्रेष्ठको हत्या भएको स्थान र शवको पहिचान भएको हो ।

त्यसपछि उनीहरुकै बयानको आधारमा पोखराबाट शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तुलसीपुरका रुपक थापा मगर र अविरल महतरालाई दाङ ल्याए पछि मात्रै उनीहरु दुवै जना घटनामा संलग्न भएको प्रहरीले पुष्टि गरेको हो । उनीहरुले श्रेष्ठलाई अपहरण गरी उनको घरपरिवारसँग तिन करोड फिरौती रकम मागेका थिए । श्रेष्ठको शव ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो । यस्तै श्रेष्ठसँगै घोराहीका ठेकेदार रणबहादुर घर्तिको पनि अपहरणपछि हत्या भएको थियो ।

उचित न्याय पाएनौ: पिडित पक्ष

राजकुमार श्रेष्ठको हत्या प्रकरणमा जिल्ला अदालत सल्यानले गरेको फैसलाले आफुलाई उचित न्याय नदिएको पिडित पक्षको भनाई छ । घटनाको मुख्य योजनाकार भनिएका भुपेन्द्र भण्डारीलाई सफाई दिनुले न्यायालय प्रति शंका उब्जिएको स्वर्गिय श्रेष्ठकी धर्मपत्नी निर्मला श्रेष्ठले बताएका छिन् ।

आफनो श्रीमान् गुमाएको अढाई वर्ष पछि उचित न्याय पाउने आसामा पर्खेर बसेपनि अदालतले जसले घटना घटाएको हो उसैलाई सफाई दिनुले आफु झनै दुखी भएको उनले बताएकी छिन् । ‘न्यायालयले दोषीलाई कारबाही गर्नुको साटो निर्दोष कसरी सावित ग¥यो कानुन बुझ्न सकिएन’ उनले भनिन् । श्रीमान्को बास्तविक हत्यारा को हो ? आफुले मुद्धा फैसला होला र न्याय पाउला भनेर बसेपनि उचित न्याय पाउन नसकेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ