१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

काठमाडौँ । साउदी अरबले इरानसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमति जनाएपछि साउदी अरबले इरानमा ‘चाँडै’ लगानी सुरु गर्न सक्ने साउदी अर्थमन्त्रीले बुधबार बताएका छन् ।मोहम्मद अल–जदानले इरानमा ‘धेरै अवसर’ रहेको र दुई खाडी मुलुकबीच लगानी हुन नदिन आफूले कुनै कारण नदेखेको बताए ।

Advertisement

रियादमा आयोजित वित्तीय क्षेत्रको एक सम्मेलनमा साउदी अरबले इरानमा ‘महत्वपूर्ण’ लगानी गर्न कति चाँडो सुरु गर्न सक्छ भन्ने प्रश्नमा उनले भने, “म यस बिषयमा अहिल्यै होइन, छिट्टै भन्नेछु ।” “जब मानिसहरू वास्तवमै सहमति भएका सिद्धान्तहरूमा अडिग रहन्छन्, मलाई लाग्छ कि यो चाँडै हुन सक्छ ।” शुक्रबार चीनको मध्यस्थतामा साउदी अरब र इरानले दुई महिनाभित्र सम्बन्ध पुनःस्थापना र कूटनीतिक नियोगहरू पुनः सञ्चालन गर्ने दिशामा काम गर्न सहमत भएका छन् ।सन् २०१६ मा साउदी अरबले एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि हिंसात्मक प्रदर्शन भएको र तेलका लागि धनी मानिने यी प्रतिद्वन्द्वीले सम्बन्ध विच्छेद गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा तेहरान र प्रमुख शक्तिराष्ट्रबीच भएको ऐतिहासिक आणविक सम्झौता त्यागेपछि इरानमाथि अमेरिकी प्रतिबन्ध लगाइएको छ । लामो समयदेखि अमेरिकाको सहयोगी रहेको साउदी अरबले तेललगायत प्रमुख क्षेत्रलाई लक्षित गरी लगाइएको प्रतिबन्धलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको थियो ।तर अल–जदानले भने, “लगानी नहुनुको कुनै कारण छैन । मेरो मतलब, इरान हाम्रो छिमेकी हो र सयौं वर्षदेखि रहँदै आएको छ र रहिरहनेछ ।” 

उनले भनाईलाई जोड्दै तर्क गरे, “त्यसैले लगानीमा सम्बन्धको सामान्यीकरणलाई रोक्न सक्ने म कुनै पनि मुद्दा देख्दिन । जबसम्म हामी सम्झौतामा अडिग रहन्छौं, तबसम्म तपाईंलाई थाहा छ, सार्वभौम अधिकारको सम्मान गर्दै, अन्य मामिलामा हस्तक्षेप हुँदैन ।” उनले भने, “मलाई लाग्छ इरानमा धेरै अवसरहरू छन् र हामी पनि उनीहरूका लागि धेरै अवसरहरू प्रदान गर्न सक्छौँं ।”-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा