७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाण्डौं। उपराष्ट्रपति पदमा सत्ता गठबन्धनमा सहमती जुट्न नसक्दा तीन जानाले उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरी नेकपा एमालेबाट एक जनाको उम्मेदवारी परेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि शनिबार चार जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गर्नेहरुमा सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा छन् । त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्ता गठबन्धनले उपराष्ट्रपतिका लागि साझा उम्मेदवार तय गर्ने भनेपनि सहमति जुट्न नससक्दा तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । शनिबार बिहान बालुवाटारमा साझा उम्मेदवार तय गर्न बसेको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनबाटै तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यद्यपि उनीहरुले एक जनामा सहमति खोज्ने र दुई जनाको उम्मेदवारी फिर्ता गर्न सकिने बताएका छन् ।

यसअघि निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको थियो । तर आयोगको सुझावलाई बेवास्ता गर्दै पुरुषको समेत उम्मेदवारी गरेका हुन् । आयोगले राष्ट्रपतिमा खसआर्य समूहबाट पुरुष रामचन्द्र पौडेल निर्वाचित भैसकेकाले समावेशीताको सिद्दान्तअनुसार उपराष्ट्रपतिमा महिला वा अन्यले उम्मेदवारी दिन भनेको थियो । सत्ता गठबन्धन आवद्ध दलहरुले राष्ट्रपति खस आर्य समूहबाट निर्वाचित भएकाले फरक समुदायबाट पुरुषले नै उपराष्ट्रपतिमा उम्मेदवारी दिन मिल्ने जिकिर गर्दै आएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’ शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : देवराज घिमिरे