११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार विद्यार्थीहरुबीच वक्तृत्व र चित्रकला प्रतियोगिता भएका छन् । विद्यार्थीलाई अभियानको विषयमा जानकारी दिलाउने उद्देश्यले नगरपालिकाले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

शान्ति नमूना माविको व्यवस्थापनमा भएको वक्तृत्वकला प्रतियोगितामा १८ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा नवज्योती बोर्डिङ स्कूलका जविक पाठक प्रथम, शान्ति नमूना माविकी सर्वदा विश्वकर्मा द्वितीय, बुटवल पब्लिक बोर्डिङ स्कूलकी श्रीसा न्यौपाने तृतीय र दूर्गा वैदिक संस्कृत माविका विवेक गैरे सान्तवना भएका छन् । उनीहरुले क्रमशः चार हजार पाँच सय, तीन हजार पाँच सय, दुई हजार पाँच सय, एक हजार पाँच सय सहित शिल्ड प्राप्त गरेको सप्ताहव्यापी कार्यक्रम कार्यान्वय समिति सदस्य खेमराज पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा सह-प्राध्यापक टेकराज अर्याल, गोपिकृष्ण भण्डारी र कविता पन्थी निर्णायक रहेका रहेका थिए । शान्ति नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षता, नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, वडा नं. ५ का वडाध्यक्ष रमेश डुम्रे, कार्यपालिका सदस्य एवं कार्यान्वय समिति संयोजक सुरेन्द्र श्री, विद्यालयका प्रअ कुलप्रसाद लामिछानेलगायतले कार्यक्रमको बारेमा बोलेका थिए ।

यसैगरी चित्रकला प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कूलकी अर्चिता बाँनिया प्रथम, शंकरनगर दूर्गादत्त माविकी मिष्मा राहाडी मगर द्वितीय तथा बुटवल पब्लिक स्कूलका रञ्जन खड्का र शान्ति नमूना माविका संरचना भण्डारीले तृतीय स्थान प्राप्त गरेको प्रतियोगिता संयोजक प्याब्सन तिलोत्तमाका अध्यक्ष के.एन. सागर ज्ञवालीले जानकारी दिए । उनीहरुले क्रमशः तीन हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सय नगद सहित शिल्ड प्राप्त गरेका छन् । वरिष्ठ आर्टिष्ट एच.बि. रम्तेल र मन गोल्डी निर्णायक रहेको प्रतियोगितामा २० विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न