११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

भैरहवा । उद्योगी–व्यवसायीका समस्या समाधान गर्न सहकार्य गरेर अघि बढ्ने निजी क्षेत्रका दुई संस्थाले प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार भैरहवामा पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई स्वागत तथा परिचयात्मक कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले सिद्धार्थनगर-९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुले पछिल्लो समय उद्योगी-व्यवसायी ठूलो समस्यामा परेका कारण समाधानका लागि सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी-व्यवसायीको हकहितका लागि आवाज उठाउँदै आएको बताए । उनले चेम्बर अफ कमर्स, रुपन्देही निजी क्षेत्रको प्रतिनिधित्व गर्ने स्थापित संस्था भएको बताए । उनले भने, ‘यस संस्थामा करिब ५ हजार उद्योगी–व्यवसायी आबद्ध छन् । संस्थाले उद्योगी-व्यवसायीलाई आपत-विपतमा सहयोग गर्दै आएको छ । विकास निर्माणमा सहयोगका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।’ अध्यक्ष ज्ञवालीले चेम्बर अफ कमर्स, रुपन्देही र पोखरा चेम्बर अफ कमर्स, कास्कीसँग सहकार्य गर्दै उद्योगी-व्यवसायीको समस्या समाधानका लागि अघि बढ्ने बताए । उनले कोभिड-१९ का कारण प्रभावित भइ बल्लबल्ल सञ्चालन भएका उद्योग-व्यवसाय पछिल्लो समय आर्थिक मन्दी, बैंकको उच्च बैंक ब्याजदरका कारण पुनः धरासायी हुने अवस्थामा पुगेको बताए । उनले प्रत्येक चेम्बर अफ कमर्स एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई भैरहवामा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित भएका छौं ।’

त्यस्तै पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यमनाथ पौडेलले पेशा व्यवसायलाई मर्यादित बनाउन र संरक्षण गर्न संस्थाले काम गर्दै आइरहेको बताए । उनले भने, ‘महान उद्देश्यले अगाडि बढ्यौं भने संस्थालाई चलायमान बनाउन सक्छौं ।’ उनले पोखरा चेम्बर अफ कमर्स उत्कृष्ट चेम्बर अफ कमर्सको रुपमा समेत सम्मानित भइसकेको जानकारी दिए । उनले सम्पूर्ण व्यवसायलाई अपनत्व र संरक्षण हुने गरी संस्थाले काम गरिरहेको बताए । उनले गण्डकी प्रदेश सरकारबाट पनि पोखरा चेम्बर अफ कमर्सले गरेको राम्रो कामको मूल्यांकन भएको बताए । उनले भने, ‘संस्थाले निजी क्षेत्रको छाता संगठनको रुपमा भूमिका निर्वाह गर्दै आएको छ ।’

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनको लागि अन्तर चेम्बर भ्रमण आदानप्रदानसहित तीनदिने पर्यटन प्रर्वद्धनात्मक कार्यक्रमअन्तर्गत बिहीबार भैरहवा आइपुगेको पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई चेम्बर अफ कमर्स, रुपन्देहीले स्वागत गरेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन