ताजा अपडेट »

पत्रकार माथि दुर्व्यवहार

शुक्रबार, २६ फागुन २०७९, १३ : २९
41 Shares

बारा ।  प्रेस चौतारी नेपाल बाराका जिल्ला कार्यसमिति सदस्य एवम् एसएलएफ खबरका संचालक रोशन गुप्तामाथी बिहीबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालय अगाडी दुर्व्यवहार भएको छ ।

समाचार संकलनका लागि पुगेका गुप्तालाई केही व्यक्तिले दुर्व्यवहार र हातपात गरेका हुन् । सडक ढलान योजनाको भुक्तानीको विषयलाई लिएर समाचार संकलन गर्न पुगेका गुप्तामाथि घनश्याम चौधरीसहित केही व्यक्तिले दुर्व्यवहार गरेका हुन् ।गुप्तामाथी हातपात गर्दै उनको मोबाइल समेत फुटाइएको छ । गुप्तामाथी हातपात हुन थालेपछि स्थानीयले छुट्याएका थिए । आफूमाथि हातपात भएपछि गुप्ताले दोषीमाथी कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।यसैगरी प्रेस चौतारी नेपाल बाराले विज्ञप्ति जारी गरी संचारकर्मी गुप्तामाथि हातपात र दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । समाचार संकलन गरिरहेकै बेला गुप्तामाथि हातपात हुनु दुःखद् रहेको जनाउँदै चौतारी बाराले घटनाको छानविन गरी दोषीउपर कारवाहीको माग गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।