७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

Advertisement

लमजुङ । उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ स्थित ताङलिचोकमा भूगोलविद् डा. हर्क गुरुङको शालिक निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाले ०७९/८० को संघ सशर्त अनुदान, वातावरण विभाग कार्यक्रम तर्फको स्वीकृत बजेटबाट डा. गुरुङको शालिक निर्माण गर्न लागेको हो ।गत शुक्रबारदेखि शालिक निर्माणको कार्य सुरु भएको डा. हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष एवं मर्स्याङ्दी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष तिल गुरुङले जानकारी दिए ।

गाउँपालिकाबाट १५ लाख रुपैयाँ र स्थानीयको दुई लाख ५९ हजार ४७ रुपैयाँ ९८ पैसा बराबरको श्रमदानमा शालिक पूर्ण रुपमा तयार गरिने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । २०८० जेठ मसान्तसम्म निर्माण सकिने गरी काम भईरहेको समितिले जनाएको छ । दुई रोपनी क्षेत्रफलमा निर्माण हुन लागेकोे डा. गुरुङको शालिक दुई फिटको हुनेछ ।शालिकको वरापर कम्पाउन्डीङ गर्ने, शैचालय निर्माण गर्ने, वृक्षारोपण गर्ने प्रतिष्ठानले जनाएको छ ।लमजुङको सविक बाहुनडाँडा गाविसको नाईचेमा जन्मिएर भुलभुले गाविसको ताङ्लिचोकमा हुर्किएका गुरुङ बेलायतस्थित नाचेर एडीनवरा विश्वविद्यालयबाट भूगोल विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली बनेका थिए  ।विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी २०६३ असोज ७ गते डा गुरुङको निधन भएको थियो ।

 ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा भूगोलविद् डाक्टर हर्क गुरुङसहित २४ जना स्वदेशी एवं विदेशीले आफ्नो ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल