ताजा अपडेट »

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

विहीबार, २५ फागुन २०७९, १७ : ०१
16 Shares
विहीबार, २५ फागुन २०७९
16 Shares

काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन् ।पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो ।नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टीले उनलाई समर्थन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।