११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

गुल्मी । आगमी चैत्र ५ गते हुन गईरहेको स्ववियू निर्वाचनका लागि गुल्मीमा बामपन्थी विद्यार्थीहरुको गठबन्धन गरेका छन । सत्तागठन्धन बिपरित नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थीहरुले बामपन्थी गठन्धन गरेपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ झस्कीएको छ।

Advertisement

६ बुँदे सहमतिसहित संयुक्त बिज्ञप्ती जारी गर्दै ‘स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशिल चारधाराले सञ्चालन गर्दा अरु बढि प्रभावकारी बनाउन सकिने ठहर गर्दै बामपन्थी शक्तिहरुको तालमेल, सहकार्य र एकताको आबश्यकतालाई महशुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अघि बढ्ने सहमति भएको छ’ भनिएको छ । एमाले पार्टी सचिव गणेश श्रीपाली र माओवादी केन्द्रका पार्टी सचिव अशोक थापा मुक्ती, अनेरास्ववियूका अध्यक्ष शोभाखर गिरी, अनेरास्वु्व्यु क्रान्किारीका अध्यक्ष राजन पोखरेल र अखिल क्रान्किारीका संयोजक राज खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लाका सबै क्याम्पसहरुमा संयुक्त बामपन्थी प्यानल बनाई निर्वाचनमा होमिने निर्णय भएको उल्लेख छ ।

जिल्लाको ११ वटा क्याम्पस मध्ये अनेरास्ववियू सदरमुकामको रेसु्ङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टिकाराम क्याम्पस, सत्यवती क्याम्पस, रुरु क्याम्पस , दिगाम क्याम्पस सहित ६ वटामा नेतृत्व लिने निर्णय भएको छ । त्यस्तै अनेरास्वुवियु् क्रान्तिकारीले धुर्कोट क्याम्पस, जनज्योति क्याम्पस , चन्द्रकोट क्याम्पस र रुरु क्याम्पस सहित चार वटा क्याम्पसमा नेतृत्व लिने निर्णय भएको अनेरास्वुय्का अध्यक्ष शोभाखर गिरीले जानकारी दिए । त्यस्तै श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आबश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ । नेतृत्व लिने क्याम्पसमा विपरित संगठनले स्वतः सचिव पद पाउने निर्णय भएको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष राजन पोखरेले बताए ।

देशभरमै सन्देश दिने गरी वामबन्थी एकता गरिएको एमाले सचिव गणेश श्रीपालीको भनाई छ । गुल्मीमा वामपन्थी जनधार बढि रहेकोले जनभावना अनुसार एकता गरिएको माओवादी केन्द्रका सचिव अशोक थापाको धारणा छ । जिल्लाको सबै भन्दा ठुलो र पुरानो क्याम्पस रेसुङ्गा बहुमु्खी क्याम्पसको निर्वाचनलाई बढि नै महत्व दिईन्छ र माउ पार्टीले समेत प्रतिष्ठाको बिषय बनाउँछन । त्यस क्याम्पसमा केहि बर्ष यता वामपन्थी प्यानलले नै लगतार जित हाँसिल गर्दै आएको छ । नेपाल विद्यार्थी संघले भने त्यस क्याम्पस सहित सबैतिर एक्लै जित हाँसिल गर्ने दावी गर्छन अध्यक्ष झविन्द्र पाण्डे । उनले सत्ता गठन्धनको प्यानल बनाउने कुरामा प्राविधिक त्रुटी भएको बताए ।

रेसुङ्गामा नेविसंघले अध्यक्ष पदको उमेदवार पुनाराम घिमिरेलाई अगाडी सारेको छ । यता वामपन्थी विद्याथीको संयुक्त प्यानले नविन अर्यालाई उमेदवार बनाएको छ । वामपन्थी शक्ति एकातिर , नेविसंघ अर्कोतिर हुँदा गुल्मीमा यसपालीको स्ववियु निर्वाचन थप पेचिलो बन्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन