८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाडौं। राष्ट्रपतिका उम्मेदवारद्धय नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले बिजयका लागि एक अर्कालाई शुभकामना दिएका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मतदानमा सहभागी हुन पुगेका पौडेल र नेम्वाङले एकै ठाउँमा उभिएर लोकतन्त्र र संविधान निमार्णका लागि एक अर्काले गरेको योगदानको प्रशंशा गर्दै बिजयका लागि शुभकामना दिएका हुन् । 

‘लोकतन्त्रका लागि र ब्यवस्था परिवर्तनका लागि, नेपालको परिवर्तनका, संघीय गणतन्त्रको लागि, समानुपातिक समावेशीताका लागि उहाँ (सुवासचन्द्र नेम्वाङ)को पनि मेरो भन्दा कम भुमिका छैन्,’ भन्दै पौडेलले नेम्वाङलाई शुभकामना दिएका हुन ।  उता नेम्वाङले पनि पौडेलको छेउमा नै उभिएर भने, ‘वास्तवमा लामो समय देखी हामीसँगै छौं, मेरो अध्यक्षतामा जारी संविधान कार्यान्वयनको यो महत्वपुर्ण चरणमा, राष्ट्रपति निर्वाचनको संघारमा हामी उभिएका छौं, उहाँलाई प्रतिस्पर्धीको रुपमा देखिरहेको छु । राजनीतिमा अंक गणित अलि फरक हुन्छ तर मेरो उहाँलाई शुभकामना छ, उहाँको मलाई शुभकामना छ ।’

लोकतान्त्रिक प्रक्रियामा पौडेल निरन्तर योगदान गरेको उल्लेख गर्दै नेम्वाङले थप भने, ‘यो पटक म निश्चिन्त ढुक्क छु कि एकातिर म छु र एकातिर उहाँ हुनुहुन्छ, मलाई लाग्छ– जसले जीते पनि संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा, कानुनिको शाषनको पक्षमा नै सिंगो देशलाई एकताबद्ध बनाएर लैजाने सबालमा, मधेस देखी हिमालसम्म एकता बनाएर लाने काम हुनेछ ।’लोकतन्त्र भनेको स्वस्थ प्रतिस्पर्धा भएको उल्लेख गर्दै लोकतन्त्रमा स्वस्थ्य प्रतिस्पर्धा हुनु अचम्म मान्न नहुने नेम्बाङले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर